पर्यटन प्रर्वद्धनका लागि वालिङ ४ मा आजबाट क्यानोनीङ महोत्सव शुरु

आँधीखोला खबर/वालिङ :
पर्यटन प्रवर्द्धनका लागि स्याङ्जाको वालिमा आजबाट प्रथम क्यानोनिङ महोत्सव २०७६ शुरू भएको छ । वालिङ नगरपालिका वडा नम्वर ४ स्थित खाल्टेमा महोत्सव हुन लागेको हो ।
स्याङ्जा क्यानोनीङ तथा पर्यटन प्रर्वद्धन समिति र सुन्तलाबारी सामुदायिक होमिस्टेले संंयुक्त रुपमा पहिलो क्यानोनीङ सुन्तला तथा सांस्कृतिक महोत्सव २०७६ को आयोजना गरेको हो । स्थानीय स्तरबाट पर्यटनको विकास गर्ने, स्थानीय उत्पादनलाई बढवा दिँदै रोजगारी सृजना गर्ने साथै प्राकृतिक सोन्दर्यले भरीपुर्ण पहाडी क्षेत्रहरुको पहिचान गर्ने महोत्वसवको लक्ष्य रहेको छ ।
मौलिक कला संस्कृतिको संरक्षण तथा प्रर्वद्धन गर्नुका साथै कृषि र साहसकि खेल क्यानोनीङलाई दीगो पर्यटन उद्योगको रुपमा स्थापित गर्दै भ्रमण वर्ष २०२० लाई सफलपार्न महोत्सवको आयोजना गरिएको क्यानोनीङ तथा पर्यटन प्रर्वद्धन समितिका अध्यक्ष मोहन खनालले जानकारी दिनुभयो । ४ दिनसम्म सञ्चालन हुने महोत्सवमा २ छुट्टछुट्टै झरनामा क्यानोनीङ खेल्ने अवसर रहनेछ । ३५ मिटर को कुलमान घिसिङ झरना र ३० मिटरको सत्येमे जयते झरनामा दर्शकलाई क्यानोनीङको व्यवस्था मिलाईएको उहाँले बताउनुभयो । सहभागिले रु ३ सयको टिकट खरिद गरेपछि बंगैचामै गएर आफैँले सुन्तला टिपेर खान सकिने छ त्यस्तै एक प्लाष्टिक लैजान समेत सकिने आयोजकले जनाएको छ । नेपाल पर्यटन बोर्ड पोखरा नेपाल भ्रमण वर्ष २०२० वर्ष सचिवालय गण्डकी प्रदेशले महोत्वसको प्रर्वद्धन गरेको छ ।
सो क्षेत्रमा सुन्तलैसुन्तलाको जंगल भित्र बनेका घरहरुमा बिगत केही समय देखि सुन्तलाबारी सामुदायिक होमिस्टेको नाममा घरबास कार्यक्रम समेत सञ्चालित रहेको छ ।
समाचार
थप सामाग्री
महिलालाई उत्पादनमा जोड्न बाख्राका पाठापाठी वितरण ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–२ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी उपहार स्वरुप वितरण गरिएको छ । स्थानीय तिलडाँडा…