वालिङ नगरपालिकाद्वारा एघार जनालाई निशुल्क सहायक सामग्री वितरण

तोलाकान्त बगाले/वालिङ :

वालिङ नगरपालिकाको सहयोग नगरभित्रका ११ जना अपाङ्गता भएकाहरुलाई निशुल्क सहायक सामग्री वितरण गरिएको छ । अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र बनेपाको आयोजना तथा वालिङ नगरपालिकाको समन्वय र सहयोगमा वालिङमा भएको निशुल्क स्वास्थ्य परीक्षण शिविरमा सहभागी भएकाहरुलाई सहयोगी सामग्री वितरण गरिएको अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र बनेपाका कार्यक्रम निरीक्षक रुद्र सापकोटाले बताउनुभयो ।

वालिङमा भएको शिविरमा ७१ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा वालिङ भित्रका ११ जना रहेका र उनीहरुका लागि आवश्यक सहयोगी सामग्री नगरपालिकाले उपलब्ध गराएको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । “परीक्षण शिविरका क्रममा सहायक सामग्री उपलब्ध गराउनुपर्ने अवस्था भएकाहरुको सहयोगी सामग्री बनाउनका लागि नाँपजाँच गरिएको थियो” नगर प्रमुख खाँणले भन्नुभयो, “त्यतिबेला नाप जाँच गरेर निर्माण गरिएको सहयोगी सामग्री आज वालिङमा सम्बन्धितलाई वितरण गरेका हौं ।”

सहयोगी सामग्री बनाउनका लागि आवश्यक रकम वालिङ नगरपालिकाले उपलब्ध गराएको अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र बनेपाका कार्यक्रम निरीक्षक रुद्र सापकोटाले बताउनुभयो ।

Facebook Comments Box
TOP