वालिङ नगरपालिकाद्वारा एघार जनालाई निशुल्क सहायक सामग्री वितरण
तोलाकान्त बगाले/वालिङ :
वालिङ नगरपालिकाको सहयोग नगरभित्रका ११ जना अपाङ्गता भएकाहरुलाई निशुल्क सहायक सामग्री वितरण गरिएको छ । अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र बनेपाको आयोजना तथा वालिङ नगरपालिकाको समन्वय र सहयोगमा वालिङमा भएको निशुल्क स्वास्थ्य परीक्षण शिविरमा सहभागी भएकाहरुलाई सहयोगी सामग्री वितरण गरिएको अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र बनेपाका कार्यक्रम निरीक्षक रुद्र सापकोटाले बताउनुभयो ।

वालिङमा भएको शिविरमा ७१ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा वालिङ भित्रका ११ जना रहेका र उनीहरुका लागि आवश्यक सहयोगी सामग्री नगरपालिकाले उपलब्ध गराएको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । “परीक्षण शिविरका क्रममा सहायक सामग्री उपलब्ध गराउनुपर्ने अवस्था भएकाहरुको सहयोगी सामग्री बनाउनका लागि नाँपजाँच गरिएको थियो” नगर प्रमुख खाँणले भन्नुभयो, “त्यतिबेला नाप जाँच गरेर निर्माण गरिएको सहयोगी सामग्री आज वालिङमा सम्बन्धितलाई वितरण गरेका हौं ।”
सहयोगी सामग्री बनाउनका लागि आवश्यक रकम वालिङ नगरपालिकाले उपलब्ध गराएको अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र बनेपाका कार्यक्रम निरीक्षक रुद्र सापकोटाले बताउनुभयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


