वालिङ ८ मा लैङ्गिक हिंसाविरुद्धको सचेतना कार्यक्रम
तोलाकान्त बगाले/वालिङ :
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत मंगलबार वालिङ नगरपालिका ८ नं. वडा कार्यालयमा सचेतना कार्यक्रम गरिएको छ । ८ नं. वडा कार्यालयको आयोजनामा टोल विकास संस्थाका पदाधिकारीहरुका लागि लैङ्गिक हिंसाविरुद्धको सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा वालिङ नगरपालिका कार्यपालिका सदस्य युगमाया पंगेनी, गिता रनपाल, महिला तथा बालबालिका शाखाकी महिला विकास सहायक निरीक्षक अनुषा काफ्ले, सुआहारा कार्यक्रम स्याङ्जाका संयोजक याम जिसीले लैङ्गिक हिंसा शुन्यताका लागि र यसको अन्त्यका लागि एक हुनुपर्नेमा जोड दिनुभएको थियो । लैङ्गिक हिंसा अन्त्यका लागि जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने बताउँदै आँफूले नि कुनै प्रकारको हिंसा नगर्ने र अरुले गरेको खण्डमा पनि सहेर नबस्न आग्रह गर्नुभएको थियो ।
प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिएको छ । १६ दिने महिला हिंसा विरुद्धको यसवर्षको दिवस मंगलबारबाट सकिएको छ । पछिल्लो समय हिंसाका घटनाहरूको अभिलेख बढेका कारण समाजमा जागरण ल्याउने उद्धेश्यले १६ दिनसम्म देशैभर विशेष अभियान सञ्चालन गरेको पाईन्छ ।
सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।
हिंसामा परेका महिलालाई नजिकैको प्रहरी वा अन्य ठाउँहरुमा उजुरी दिएर न्याय प्राप्तिको लागि आवश्यक सहयोग माग्न आह्वान गर्नुकासाथै आफ्नो टोलमा यसप्रकारका घटना घट्न नदिनका लागि सचेतना जगाउन तथा घटिहालेमा कानूनी उपचारमा सघाउ पु¥याउन सकियोस् भन्ने उद्धेश्यले यो अभियान सञ्चालन गरिएको वडा सचिव प्रेमनारायण सुबेदीले बताउनुभयो ।
समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
४ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


