वालिङ ६ मा वडा स्तरीय भलिबल प्रतियोगिता शुरु ।

आँधीखोला खबर/वालिङ :
वालिङ नगरपालिका वडा नं ६ मा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । चक्रदेवी लाङघाली युवाक्लब धनुबाँसेले भलिबल प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताको उद्दघाटन गर्दै समाजसेवी नेत्रप्रसाद पाण्डेले खेल क्षेत्रको बिकासमा गाँउ गाँउमा हुने प्रतियोगिताले महत्वपूर्ण योगदान दिएको बताउनु भयो । उहाँले खेल क्षेत्रको विकासका लागि सरकारको लगानी प्रयाप्त नभएको आरोप लगाउनु भयो । उहाँले थप्नु भयो, राज्यले खेल क्षेत्रलाई ध्यान दिने हो भने अझै प्रगती हुने थियो । पाण्डेले नेपाल जस्तो पहाडी मुलुकमा भलिवल खेल राम्रो हुने भन्दै राष्ट्रिय खेल घोषणा गरिनु पर्ने धारणा राख्नुभयोे ।

कार्यक्रममा प्रेस पूर्ब अध्यक्ष श्रीकृष्ण सिग्देल, तरुणदलका वडा सदस्य बुद्धि बहादुर सारु, बिद्यार्थी नेता महेश थापा,भुपु सैनिक संघका पूर्ण बहादुर थापा लगायतले बोलेका थिए । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने समुहले क्रमशः ४० हजार, २९ हजार, १८ हजार, ७ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । क्लबका अध्यक्ष आशिष सारुको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत भोजेन्द्र बहादुर थापा र सञ्चालन राजेश सिंजालीले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री
रेडक्रस स्याङ्जाको सभापतिमा अर्याल
१ हप्ता अगाडि
स्याङ्जा : नेपाल रेडक्रस सोसाईटी स्याङ्जा जिल्ला शाखाको सभापतिमा पुन ः दिनेश अर्याल निर्वाचित भएका छन् । शुक्रवार भएको जिल्ला…