वालिङ ६ मा वडा स्तरीय भलिबल प्रतियोगिता शुरु ।
आँधीखोला खबर/वालिङ :
वालिङ नगरपालिका वडा नं ६ मा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । चक्रदेवी लाङघाली युवाक्लब धनुबाँसेले भलिबल प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताको उद्दघाटन गर्दै समाजसेवी नेत्रप्रसाद पाण्डेले खेल क्षेत्रको बिकासमा गाँउ गाँउमा हुने प्रतियोगिताले महत्वपूर्ण योगदान दिएको बताउनु भयो । उहाँले खेल क्षेत्रको विकासका लागि सरकारको लगानी प्रयाप्त नभएको आरोप लगाउनु भयो । उहाँले थप्नु भयो, राज्यले खेल क्षेत्रलाई ध्यान दिने हो भने अझै प्रगती हुने थियो । पाण्डेले नेपाल जस्तो पहाडी मुलुकमा भलिवल खेल राम्रो हुने भन्दै राष्ट्रिय खेल घोषणा गरिनु पर्ने धारणा राख्नुभयोे ।

कार्यक्रममा प्रेस पूर्ब अध्यक्ष श्रीकृष्ण सिग्देल, तरुणदलका वडा सदस्य बुद्धि बहादुर सारु, बिद्यार्थी नेता महेश थापा,भुपु सैनिक संघका पूर्ण बहादुर थापा लगायतले बोलेका थिए । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने समुहले क्रमशः ४० हजार, २९ हजार, १८ हजार, ७ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । क्लबका अध्यक्ष आशिष सारुको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत भोजेन्द्र बहादुर थापा र सञ्चालन राजेश सिंजालीले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


