उपनिर्वाचनको सबै मतपरिणाम सार्वजनिक, कसले कस्तो नतिजा ल्याए ?

राजनीतिक दलहरुले आफ्नो राजनीतिक हैसियत मापनको रुपमा लिएको उपनिर्वाचनको सबै मतपरिणाम सार्वजनिक भइसकेको छ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको ५२ पदका लागि शनिवार ३७ जिल्लामा ५२ पदका लागि भएको उपनिर्वाचनको परिणाम सार्वजनिक भएको हो । जसमा सत्तारुढ नेकपा पहिलो भयो भने प्रमुख प्रतिपक्षी दल कांग्रेस दोस्रो भएको छ । तर, एकअर्काको किल्ला भने दुवैले भत्काएका छन् । तीन दशकदेखिको लालकिल्ला कांग्रेसले भत्काइदिएको छ । 

सार्वजनिक मतपरिणामअनुसार नेकपाले ३० स्थानमा जितेको छ । उसले १ प्रतिनिधिसभा सदस्य, १ प्रदेशसभा सदस्य, ३ गाउँपालिका अध्यक्ष, १ उपाध्यक्ष र २४ वडाध्यक्ष पद जितेको छ । 

कांग्रेस १३ स्थान जितेर दोस्रो स्थान हात पारेको छ । कांग्रेसले १ प्रदेशसभा सदस्य, १ उपमहानगरपालिका प्रमुख र ११ वडाध्यक्षमा विजय हासिल गरेको हो । राष्ट्रिय जनमोर्चाका उम्मेदवारले बाग्लुङमा प्रदेशसभा सदस्य जितेका छन् ।

समाजवादी पार्टी नेपालले ४ स्थानमा विजय प्राप्त गरेको छ । उसले चार वडा वडाध्यक्ष पद जितेको हो । राजपाले ३ वडाध्यक्षको नतिजा आफ्नो पक्षमा पार्न सफल हुँदा १ स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा निर्वा्चित भएका छन् ।  
 

Facebook Comments Box
TOP