उद्यमशीलताले नै देशमा संबृद्धि आउन सक्छ: नगर प्रमुख खाँण (भिडियो सहित)
राधाकृष्ण डुम्रे/वालिङ :
वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले उद्यमशीलता तर्फ सबैको ध्यान जान जरुरी रहेको बताउनु भएको छ । वालिङ जेसिजको १७ साधारणसभा तथा १६ औं अधिबेशनको उद्घाटन गर्दै नगर प्रमुख खाँणले उद्यमशीलताले मात्रै आर्थिक रुपमा सफल र सक्षम बन्न सकिने बताउनु भएको हो । उहाँले भन्नुभयो, जेसिज युवाहरुको संस्था हो यसले उद्यमशीलताको नेतृत्व गर्नु पर्दछ । युवा पुस्ता नोकरी तर्फ नलागी उद्यम तर्फ लागेमा मात्रै देशमा संबृद्धि आउने प्रमुख खाँणको तर्क छ ।
नगरप्रमुख खाँणले राजनीतिलाई हेर्ने दृष्टिकोण नै फरक रहेको भन्दै पढेका र बुझेकाहरु राजनीतिमा आउनु पर्ने धारणा राख्नुभयो । उहाँले थप्नुभयो अलिकति बुझेको र नयाँ पिँढीको व्यक्ति राजनीतिमा आउने हो भने देशलाई राम्रो हुने थियो ।
सफलता प्राप्त गर्नको लागि बिभिन्न अबरोध आउने गर्दछन् भन्दै नगर प्रमुख खाँणले भन्नुभयो,जसलाई पार गर्न सकेमात्र्र सफल हुन सकिन्छ । जसरी फुटवलमा गोल गर्न कयौं अवरोध पार गर्नु पर्दछ जब गोल गर्दछ तब मात्रै उ सफल मानिन्छ प्रमुख खाँणको भनाई छ ।
कार्यक्रममा वालिङ नगर प्रवक्ता एवं वडा नम्वर १ का अध्यक्ष केदार काफ्लेले जेसिज अभियानले युवाहरुलाई नेतृत्वमा पुर्याउन सफल भईरहेको बताउनु भयो ।
वालिङ जेसिजका पूर्ब अध्यक्ष एबं नेपाल जेसिजका पूर्ब उपाध्यक्ष अमृत अर्यालले युवाहरुनै जेसिजको शक्ति भएको बताउनु भयो त्यस्तै वालिङ जेसिजका निर्वतमान् अध्यक्ष याम प्रसाद अधिकारी लक्ष्मणले युवााहरुको सक्रियता नै जेसिज अभियान भएको बताउनु भयो । उहाँले भीरकोट र गल्याङमा समेत वालिङ जेसिज कै सक्रियतामा युवाहरु एकजुट भएर अभियानमा संलग्न भएको जानकारी दिनुभयो ।
बर्ष २०१९ मा सक्रियता पूर्बक सबैले आआफ्नो भुमिका निभाएको भन्दै अध्यक्ष राजु तिवारीले सबैलाई धन्यवाद समेत दिनुभयो । अध्यक्ष राजु तिवारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन महासचिव धुर्ब पंगेनीले गर्नु भएको थियो ।
अधिबेशनले सन् २०२० का लागि होमकान्त गौतमको अध्यक्षतामा नयाँ कार्य समितिको चयन गरेको छ ।
हेर्नुहोस भिडियो :
समाचार
थप सामाग्रीखेली र रोइला गीत संरक्षणका लागि मिर्मीका युवाहरु सक्रिय ।
६ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको कालीगण्डकीका युवाहरु खेली र रोइला गीत संरक्षणका लागि सक्रिय भएकाछन् । पुरानो तथा मौलिक संस्कृतिको पहिचानको…