दक्षिण कोरियाकाे किम्हे-बुसानमा रहेका स्याङ्जालीले गरे माझकोटकाे बर्थिङ सेन्टरकाे लागि सामग्री सहयाेग

तोलाकान्त बगाले/वालिङ :
स्याङ्जा परिवार दक्षिण कोरिया किम्हे-बुसान शाखाले माझकोट स्वास्थ्यचौकीलाई बर्थिङ सेन्टरका सहयोगी सामग्री हस्तान्तरण गरेको छ ।
शुक्रबार वालिङ ३ माझकोटमा सहयोगी सामग्री हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख दिलिपप्रताप खाँणले प्राप्त सामग्रीको सही सदुपयोग गरी बढीभन्दा बढी सेवा दिने ब्यवस्था मिलाउने बताउनुभएको छ ।
“भौगोलिक दृष्टिले स्वास्थ्य केन्द्र, अस्पतालभन्दा टाढाको दूरीमा यो ठाउँ रहेको छ” नगर प्रमुख खाँणले भन्नुभयो, “ग्रामीण ईलाकाका महिला दिदीबहिनीले प्रसव पीडाबाट अकालमा ज्यान गुमाउन नपरोस् भन्नेमा नगरपालिका चिन्तित छ त्यसैले नै यस ठाउँमा बर्थिङ सेन्टरका लागि सामग्री हस्तान्तरण भएको छ ।”

नगरपालिकाका १४ वटा वडाका १७ वटा स्वास्थ्य संस्थाहरु सबैमा प्रसुति सेवा पु¥याउने र त्यसका लागि स्वास्थ्यकर्मीहरुलाई आवश्यक तालिम तथा दक्ष कर्मचारीको ब्यवस्था गर्ने नगर प्रमुख खाँणले बताउनुभयो ।
“विदेशी भूमिमा रहेर संकलन गरेको रकमबाट यहाँको स्वास्थ्य क्षेत्रमा सहयोग गर्नुभएको छ यो निक्कै सराहनीय र स्वागतयोग्य कार्य हो” नगर प्रमुख खाँणले भन्नुभयो, “मृत्युको मुखमा पुगेको आमा र बच्चाको जीवन बच्न सक्छ यो भन्दा ठूलो कार्य अरु हुनै सक्दैन ।”
नगर प्रमुख खाँणले नगरका १४ वटै वडामा आपतकालीन उद्धार तथा सहयोगका लागि स्थायी हेलीप्याड बनाउने तयारी भईरहेको बताउनुभयो ।
माझकोट स्वास्थ्यचौकीलाई छनौट गरेर सहयोगी सामग्री हस्तान्तरण गरेकोमा खुशी ब्यक्त गर्दै यसको सही सदुपयोग गर्ने प्रतिवद्धता वडा अध्यक्ष सुकराज गुरुङले गर्नुभयो ।
विदेशी भूमिमा रहेर पनि स्याङ्जा सहयोग समाज दक्षिण कोरिया किम्हे÷बुसान शाखाले जिल्लाको स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा सहयोगहरु गर्दै आएको अध्यक्ष जीबलाल काफ्लेले बताउनुभयो ।
नेपालबाट कलाकारहरु लगी सांस्कृतिक कार्यक्रमहरु गरिएको र उक्त कार्यक्रमबाट संकलन भएको रकमलाई विभिन्न सामाजिक कार्यहरुमा प्रयोग गर्दै आएको अध्यक्ष काफ्लेले बताउनुभयो ।
कार्यक्रममा स्याङ्जा परिवार दक्षिण कोरिया किम्हे÷बुसान शाखाका बरिष्ठ सल्लाहकार गुप्तबहादुर गुरुङले समाजले अन्यत्र पनि एम्बुलेन्स तथा अन्य सामग्रीहरु सहयोग गरेको र आगामी दिनमा पनि सहयोगको क्रम जारी रहने बताउनुभयो ।
कार्यक्रममा समाजका पूर्व अध्यक्ष धर्म गुरुङ, सांस्कृतिक कार्यक्रम संयोजक राजकुमार आले लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
समाजका निवर्तमान अध्यक्ष राजेन्द्रप्रसाद लामिछानेको स्वागतसँगै शुरु भएको कार्यक्रम समाजका अध्यक्ष जीबलाल काफ्लेको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन सल्लाहकार नवराज वाग्लेले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
२ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…