धरानमा कांग्रेसको अग्रता कायमै

मतगणनाको पछिल्लो परिणाम अनुसार धरान उपमहानरपालिकामा नेपाली कांग्रेसका उम्मेद्वार तिलक राईको अग्रता कायमै रहेको छ ।
सोमबार बिहानको पछिल्लो परिणाम अनुसार तिलकको २४,६५१ मत रहेको छ भने नेकपाका प्रतिस्पर्धी प्रकाश राईको २३,००४ मत रहेको छ ।
हालसम्म मतान्तर १६४७ मतको रहेको छ । वडा नम्बर १ र २को मत गन्न बाँकी रहेको हो ।
गणना हुन बाँकी रहेको वडामा कांग्रेस र नेकपा बीचमा बराबर जस्तै मत आएपनि कांग्रेसलाई जित्न सहज हुने अनुमान गरिएको छ। ती वडाहरुमा तुलनात्मक रुपमा कांग्रेसको बलियो पनि मानिएको छ।
प्रारम्भिक मतपरिणाममा पछाडि परेको कांग्रेसले लगातार अग्रता बढाउँदै लगेको छ । धरानमा २०७४ मा निर्वाचनमा एमालेका तारा सुब्बा विजयी भएपनि उनको निधन पछि उपनिर्वाचन भएको हो।
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…