धरानको मेयरमा कांग्रेसका तिलक राई निर्वाचित
धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलक राई निर्वाचित भएका छन् ।
उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रकाश राईलाई २ हजार ७९५ मतान्तरले पराजित गरे । तिलकले २६ हजार ७०९ मत पाएका छन् । प्रकाशले भने २३ हजार ९१४ मत पाए । धरानमा कांग्रेसको यो बहुदलपछि पहिलो जित हो ।
०७४ को स्थानीय निर्वाचनमा तारा सुब्बा तत्कालीन एमालेको तर्फबाट मेयरमा निर्वाचित भएका थिए । उनको निधन भएपछि रिक्त मेयर पदका लागि शनिबार त्यहाँ उपनिर्वाचन भएको थियो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
साहित्यकार अर्याल र पल्लव सम्मानित
२ हप्ता अगाडि
वालिङ: साहित्यकारहरु अनन्त अर्याल र अग्निकुमार पल्लवलाई सम्मान तथा पुरस्कृत गरिएको छ । भेषजराज साहित्य प्रतिष्ठानले स्याङ्जाको वालिङमा गरेको कार्यक्रममा…


