बाग्लुङ प्रदेशसभामा जनमोर्चाका खिमविक्रम शाही निर्वाचित
बागलुङ । बागलुङ क्षेत्रनम्बर २ (ख)बाट प्रदेशससभा सदस्यमा राष्ट्रिय जनमोर्चा (राजमो)का खिमविक्रम शाही विजयी भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समर्थन प्राप्त शाहीले कांग्रेस उम्मेदवार जीतबहादुर शेरचनलाई २ हजार ९७ मतअन्तरले हराएका हुन् ।
प्रदेशसभा सदस्यमा निर्वाचित शाहीले ११ हजार २ सय ३५ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शेरचनले ९ हजार १ सय ३८ मत पाएका छन् ।
२०७४ सालको प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा-राजमो गठवन्धनबाट राजमोका टेकबहादुर घर्तीले ११ हजार ८८४ मत ल्याएर निर्वाचित भएका थिए । त्यतिबेला पनि कांग्रेसबाट जीतबहादुर शेरचन नै चुनाव लडेका थिए । उनले ८ हजार ६२४ मत ल्याएका थिए ।
उपनिर्वाचनको मतपरिणाम अनुसार अघिल्लो प्रदेशसभा सदस्य निर्वाचनमा राजमोका घर्तीले ६४९ मत कम र कांग्रेसका शेरचनले ५२६ मत बढी ल्याएका छन् । समाजवादी पार्टीका अशोककुमार विकले ३१६ मत पाएका छन् ।उपनिर्वाचनमा कुल ३५ हजार १८४ मतदातामध्ये २१ हजार ८९५ जनाले मतदान गरेका थिए ।
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


