जनप्रतिनिधिहरुको उपस्थितीमा सुरक्षित गर्भपतन सम्बन्धी छलफल वालिङमा सम्पन्न
आँधीखोला खबर/वालिङ:
वालिङ नगरपालिकाका महिला जनप्रतिनिधिहरुको उपस्थितीमा सुरक्षित गर्भपतन सम्बन्धी छलफल सम्पन्न भएको छ । आईपास नेपालको आयोजना र वालिङ नगरपालिका सामाजिक बिकास समितिको समन्वयमा जनप्रतिनिधिहरु तथा स्वास्थ्यकर्मीहरु बीचको छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएकोे हो ।
कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँणले गर्भपतन सम्वन्धी समाजमा रहेका नकारात्मक धारणाहरुको परिवर्तन हुन जरुरी रहेको बताउनु भयो । उहाँले भन्नुभयो, “समाजमा रहेको नकारात्मक सोचका कारण नै महिलाहरुको ज्यान नै गुमाउनु परेको यथार्थ हामी सामु रहेको छ ।” अवस्था सामान्य छदै सही उपाय अपनाउन सकिएमा बिभिन्न समस्या र दुर्घटनाबाट महिलालाई बचाउन सकिने प्रमुख खाँणको भनाई छ ।

त्यस्तै उपप्रमुख कल्पना तिवारीले आफ्नो स्वास्थ्यमा पुर्ण ध्यान दिनुपर्ने भन्दै सुरक्षित गर्भपतनको बारेमा सबै महिलाहरु जानकार हुुनुपर्ने बताउनुभयो । उहाँले जनप्रतिनिधि यो बिषयमा झनै सचेत रहनु पर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो जनप्रतिनिधि सबैसँग प्रत्यक्ष सम्पर्कमा रहने हुँदा समस्या लिएर नागरिक आउने गर्छन जसको सहज उपाय बताउन सकिने अवस्था आउछ । ” उहाँले थप्नुभयो, “त्यसैले हामी सबै सचेत र जानकार बन्न जरुरी छ ।”
कार्यक्रममा आईपासका गण्डकी प्रदेश कोअर्डिनेटर थमकुमारी कुँवर र वालिङ नगर पालिकाका स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीले पनि आफ्नो भनाई राख्नु भएको थियो ।
कार्यक्रम सामाजिक विकास समितिका संयोजक एबं कार्यपालिका सदस्य युगमाया पंगेनीकोे अध्यक्षतामा सम्पन्न भएको थियो ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


