वालिङ नगरको न्यायीक समितिद्धारा बिभिन्न नगरपालिकाको न्यायीक प्रक्रियाको अवलोकन ।
श्रीकृष्ण सिग्देल/स्याङ्जा :
स्याङ्जाको वालिङ नगरपालिकाको न्यायीक समितिको टोलीले विभिन्न जिल्लाका नगरपालिकाको अध्ययन अवलोकन गरेको छ । वालिङ नगरपालिकाका उपप्रमुख तथा न्यायीक समितिका संयोजक कल्पना तिवारीको नेतृत्वमा अध्ययन अवलोकन गर्न हिडेको टोलीले ४ जिल्लाका ४ नगरपालिका सँग अन्तरक्रिया गरेको हो । कपिलबस्तु जिल्लाको वाणगंगा नगरपालिका, प्युठानको स्वर्गद्धारी नगरपालिका, सुर्खेतको विरेन्द्रनगर नगरपालिका र बाँकेको कोहलपुर नगरपालिका सँग अन्तर नगरपालिकाको न्यायीक सम्पादनमा के कस्ता समस्या र समाधानका साथै न्याय सम्पादनका लागि अपनाईएका बिषयहरुलाई प्रथामिकताका साथ छलफल गरिएको थियो ।
न्याय सम्पादन मात्रै नभएर राजस्व, फोहोरमैला व्यवस्थापन, विकास निर्माणको अवस्था, जनप्रतिनिधि र कर्मचारीको सम्वन्धका साथै जनप्रतिनिधि र नागरिक विचको सम्वन्धका बारेमा छलफल गरिएको भ्रमण टोलीका संयोजक तथा उपप्रमुख कल्पना तिवारीले बताउनु भयो । अन्तर नगरपालिका भ्रमण गर्नु आवश्यक रहेको महशुष गरेकी छु उपप्रमुख तिवारीले भन्नुभयो,“नगरपालिकाहरुको कार्ययोजनाको विषयमा छलफल हुनु जरुरी रहेछ ।” यस्ता भ्रमणले अन्तर नगरपालिका विचको सम्वन्ध र कार्ययोजनामा टेवा पुग्ने रहेछ तिवारीले भन्नुभयो । अन्तरक्रिया गरिएका नगरपालिकाको भौगोलिक अवस्था देखि नगारिकका अवश्यकता लगभग मिल्दोजुल्दो रहेको पाइएको तिवारीको भनाई छ । स्थानीयतहमा विषयगत शाखाहरुबाट हुने सेवा प्रवाहका बिषयमा केही नयाँपन पाएको र हामीले गरेको नयाँपन पनि सो नगरपालिकाले पाएको महशुष लागेको उपप्रमुख तिवारीले बताउनु भयो । महिलाहरुले कार्य सम्पादन गर्न सक्दैनन् भन्ने मानसिकताबाट गुज्रेको हाम्रो समाजमा उपप्रमुखको हैसियतमा महिलाले नगरपालिकाको हरेक काममा सकारात्मक भुमिका खेलेको तिवारीको बुझाई छ ।
भ्रमण टोलीले पहिलो दिन बाणगंगा नगरपालिका र स्वर्गद्धारी नगरपालिकामा अन्तरक्रिया गरेको थियो भने दोस्रो दिन विरेन्द्रनगर नगरपालिका र कोहलपुर नगरपालिका सगँ अन्तरक्रिया गरेको थियो । अधिकांश नगरपालिकामा जग्गा सम्वन्धी विवाद न्यायीक समितिमा आउने गरेको पाइएको वालिङ नगरपालिका न्यायीक समितिका सदस्य बसन्तकुमार मल्लले बताउनु भयो । अन्तर नगरपालिका सिकाईको अनुभव लिनु आवश्यक रहेछ सदस्य मल्लले भन्नुभयो,“यस्ता भ्रमणलाई समितिले निरन्तरता दिनु आवश्यक देखियो ।” न्याय जस्तो संवेदनशिल बिषयमा अन्य नगरपालिकाले गरेका गतिविधि आदनप्रदान हुनुपर्छ मल्लले भन्नुभयो । संघियतामा मुलुक गएसगै निर्वाचन पछि हरेक स्थानीयतहमा न्यायीक समिति बनाउने संविधानत भए अनुसार अहिले कुनै समस्या भए नगरपालिकाको न्यायीक समितिमा उजुरी दिने व्यवस्था आएको छ ।
भ्रमण टोलीले बाणगंगाका नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्याल, स्वर्गद्धारी नगरपालिकाका प्रमुख नेत्रबहादुर रोका क्षेत्री, उपप्रमुख गोमा रेग्मी, विरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाल र कोहलपुर नगरपालिकाका उपप्रमुख सन्जु चौधरी लगायत न्यायीक समिति सगँ छलफल तथा अन्तरक्रिया गरेको थियो । नगरपालिकालाई अब्वल बनाउन जनप्रतिनिधिहरुले कर्मचारी सगँ समन्वय गरेर काम गरेको देखिएको वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले बताउनु भयो । कर्मचारी र जनप्रतिनिधि विच समन्वय भएर काम गर्न सकियो भने नगरपालिकालाई हरेक गतिविधिले अगाडी बढाउन सकिन्छ भन्ने बुझाई यो भ्रमणबाट पाएको सुवेदीले बताउनु भयो । नगरपालिकाले नगरको विकासका लागि जनप्रतिनिधि र कर्मचारी विचको अन्तर सम्वन्ध निकट रहनुपर्ने भ्रमण टोलीको सिकाई रहेको छ । यो भ्रमणले पहिलो कुरा त सिकाई भयो नगर प्रवक्ता केदार काफ्लेले भन्नुभयो,“हरेक नगरपालिका सगँ समन्वय गरेमा नयाँ बिषय आउने रहेछ ।” नगरपालिकाले गर्ने तौतरिका र विकास निर्माणलाई कुन विधि अपनाइएको छ भन्ने बिषय नै मेरो बुझाई रहेको छ उहाँले भन्नुभयो ।
भ्रमण टोलीमा न्यायीक समितिका सदस्य आनन्द पाठक, सामाजिक विकास शाखाका अधिकृत पदमप्रसाद पाण्डे, कानुन शाखाका नरबहादुर पौडेल, लेखापाल इश्वरी तिवारी, महिला तथा वालवालिका शाखाका अनुस्का काफ्ले र पत्रकार श्रीकृष्ण सिग्देलको सहभागिता रहेको थियो । अध्ययन अवलोकनमा रहेका नगरपालिकामा हरेक वडामा मेलमिलाप समिति गठन सगै वालिङ नगरपालिका सगँ मिल्दोजुल्दो रहेका देखिएको छ । यो अध्ययन अवलोकनबाट सिकेको सिकाईलाई वालिङ नगरपालिकाले अनुसरण गर्नुपर्ने धेरै विषय रहेका छन् ।
समाचार
थप सामाग्रीअदालतको आदेशसँगै धरौटी बुझाएर छुटे रास्वपा सभापति लामिछाने ।
६ दिन अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटी बुझाएर छुटेका छन् । कास्की जिल्लाको हिरासतबाट लामिछाने ८४ दिनपछि धरौटीमा रिहा भएका…