वालिङ नगरपालिकाले लोकसेवा आयोगको परिक्षाा तयारीका लागि निशुल्क कक्षा सञ्चालन गर्ने ।
आँधीखोला खबर / वालिङ :
स्याङ्जाको वालिङ नगरपालिकाले निशुल्क लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने भएको छ । लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरी परीक्षा उत्तीर्ण गराउने उद्धेश्यले अभियानको थालनी गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
“नगरभित्रका शिक्षित युवा युवतीहरुलाई लक्षित गरिएको यस अभियानमार्फत शैक्षिक बेरोजगारी हटेर जाने छ भने नेपाल सरकारका विभिन्न परीक्षाहरुमा यहाँको जनशक्ति उत्कृष्ट भई सरकारी सेवामा कार्यरत हुनका लागि सघाउ पुग्ने विश्वास लिएको छु” नगर प्रमुख खाँणले भन्नुभयो ।
नगरभित्र रहेका शैक्षिक बेरोजगार जनशक्तिका लागि लोक सेवा आयोगको तयारीका लागि टाढा–टाढा जानुपर्ने बाध्यता हटेर जाने र आफ्नै ठाउँमा निशुल्क अध्ययन गर्न पाउने भएकाले पनि ईच्छुकहरुकालागि उपयोगी हुने नगर प्रमुख खाँणको भनाई थियो ।
“पहिलो चरणमा हामीले निशुल्करुपमा अधिकृत र नायब सुब्बाको तयारीका लागि कक्षा सञ्चालनको प्रक्रिया थालेका हौं” नगर प्रमुख खाँणले भन्नुभयो, “आगामी दिनमा बैंकिङ, नेपाल प्रहरी, नेपाली सेनामा प्रवेश गर्नका लागि गर्नुपर्ने सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरु सञ्चालन गर्ने तयारीमा छौं ।”
अधिकृत र नायब सुब्बाका लागि मङ्सीरको पहिलो हप्ताबाट तीन–तीन महिना अवधिका तयारी कक्षाहरु सञ्चालन गर्ने प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीले बताउनुभयो ।
“तयारी कक्षा सञ्चालनका लागि काठमाडौं, पोखरा तथा वालिङमै लामो समयसम्म अनुभव प्राप्त प्रशिक्षकहरुमार्फत वालिङमै निशुल्क कक्षा सञ्चालन गर्छौं” अधिकृत सुबेदीले भन्नुभयो, “लोकसेवा आयोगले तयार पारेको तथा संभावित पाठ्यक्रमको आधारमा तयारी कक्षा सञ्चालन हुने छ ।” लोक सेवा आयोगको तयारी कक्षामाा लागि कक्षा १२ उत्तीर्ण गरेको, ३५ वर्ष ननाघेको पुरुष र ४० वर्ष ननाघेको महिलालाई सहभागी बनाईने अधिकृत सुबेदीले बताउनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


