तरुणदल स्याङ्जाको कार्यबाहक सभापतिमा श्रेष्ठ चयन, सिमा रक्षाको लागि बिरोध प्रर्दशन गर्ने ।
आँधीखोला खबर/स्याङ्जा :
भारतले हालै जारी गरेको नक्सामा नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतीय सीमाभित्र राखेको भन्दै नेपाल तरुणदल स्याङ्जाले बिरोध प्रदर्शन गर्ने भएको छ । नेपाल तरुण दल स्याङ्जाको बैठकले बिरोध कार्यक्रमलाई व्यापक गराउने निर्णय गरेको हो ।
सरकारले तत्कालै कुटनीतिक पहल मार्फत भारतीय नक्सा सच्चाउनु पर्ने तरुणदलको निश्कर्ष रहेको छ । बैठकबाट तरुणदल स्याङ्जाका उपाध्यक्ष शिव संसार श्रेष्ठलाई कार्यबाहक सभापतिमा सर्बसम्मत चयन गरेको छ । बैठकले तरुण दल जिल्ला कार्यसमितिका सदस्य पुर्णचन्द्र रेग्मीको पिताको निधन प्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव समेत पारित गरेको छ ।
त्यस्तै छिमेकी जिल्ला कास्कीमा हुन लागेको उपनिवार्चनमा नेपाली काँग्रेसका उम्मेदवारलाई विजय गराउन सवै तरुणहरु लाग्ने निर्णय गरेको छ । स्याङ्जा जिल्लामा नेपाली काँग्रेसका नेता तथा पुर्व प्रधानमन्त्री स्वर्गीय गिरजा प्रसाद कोईरालाको सालिक बनाउने पुर्व निणर्यलाई यथाशिघ्र कार्यन्वयन गर्ने निर्णय समेत बैठकले गरेको छ ।
कार्यक्रममा तरुण दल स्याङ्जाका जिल्ला सभापति भागवतप्रकाश मल्लले राष्ट्रियताको विषयमा सबै एक भई सरकारलाई दवाव दिनुपर्ने बताउनु भयो । उहाँले उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई सफल बनाउन सवै तरुणहरुलाई आह्वान समेत गर्नुभयो । मल्ले आफू प्रदेश सांसद भएपछचात धेरै समय दिन नसकेकाले तरणदललाई दुरुस्त राख्नका लागि उपाध्यक्ष शिव संसार श्रेष्ठलाई कार्यबहाक सभापतिको जिम्मा दिएको स्पश्ट पार्नु भयो ।
बैठकमा तरुण दल स्याङ्जाका निवर्तमान सभापति तथा काँग्रेस स्याङ्जा–२ क का सभापति अर्जुनप्रकाश अर्याल, तरुण दलका पूर्व केन्द्रीय सदस्य गोविन्द पंगेनी लगायत जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमति, नगर तथा गाउपालिका कार्यसमितिका तरुण नेताहरुले आफ्नो विचार राख्नुभएको थियो । तरुण दल स्याङ्जाका सभापति भागवतप्रकाश मल्लको अध्यक्षतामा सम्पन्न बैठकको सञ्चालन सचिव चन्द्र रानाले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


