खेल क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण गर्छौं : नगर प्रमुख खाँण
तोलाकान्त बगाले/वालिङ :
वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले खेल क्षेत्रको विकासका लागि नगरपालिकाले पूर्वाधार निर्माणमा जोड दिने बताउनुभएको छ । नवोदय युवाक्लब वालिङ ११ प्रितिपले हरिबोधनी एकादशीको अवसर पारेर आयोजना गरेको पुरुष भलिबल प्रतियोगिताको सोमबार उद्घाटन गर्नुहुँदै नगर प्रमुख खाँणले खेल क्षेत्रका लागि आवश्यक पर्ने पूर्वाधारहरुको निर्माण तथा सहायक खेलकुदका सामग्रीहरु वितरण गर्ने बताउनुभएको हो ।
“खेल क्षेत्रको विकासका लागि नगरपालिका प्रतिबद्ध छ” नगर प्रमुख खाँणले भन्नुभयो, “नगरभित्रका क्लबहरुले खेलकुदका गतिविधिलाई निरन्तररुपमा सञ्चालन गर्दै जानुहोस् साथै हिसाव किताबलाई पारदर्शी बनाउनुहोस् नगरपालिकाले सहयोग गर्दै जानेछ ।”
खेलकुदसँगै युवाहरु उत्पादन तथा उद्यमशिलतातर्फ पनि जोडिनु आवश्यक रहेको नगर प्रमुख खाँणको भनाई थियो । कार्यक्रममा वडा नं. ११ का वडा अध्यक्ष बसन्तकुमार मल्लले वडाबासीका मागहरुलाई क्रमश ः सम्बोधन गर्दै जाने बताउँदै विकास निर्माणमा सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस नगर सचिव भुपराज बगाले, नेकपा पार्टी प्रतिनिधि यामलाल शर्मा पंगेनी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । समाजसेवी हरिलाल विकको स्वागतसँगै शुरु भएको उद्घाटन समारोह क्बलका अध्यक्ष नेत्रबहादुर विकको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन क्लबका सल्लाहकार डण्डपानी पंगेनीले गर्नुभएको थियो ।
सोमबारबाट शुरु भएको प्रतियोगितामा कूल २० समूहको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहले क्रमशः ३५ हजार, २५ हजार, १५ हजार र ८ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


