सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्त
सरकारले सातै प्रदेशका प्रमुखहरूलाई पदबाट हटाएको छ । सरकारले गरेको सिफारिशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरि प्रदेशका प्रमुखहरूलाई हटाएकी हुन् ।
आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल सरकार मन्त्रिपरिषद्को कार्तिक १७ को निर्णयबाट सिफारिस भई आएअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम सात प्रदेश प्रमुखहरूलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
पदमुक्त हुनेमा प्रा.डा. गोविन्द बहादुर तुम्बाहाङ- प्रदेश १, रत्नेश्वर लाल (कायस्थ)- प्रदेश २, अनुराधा कोइराला- प्रदेश ३, बाबुराम कुवंर – गण्डकी प्रदेश , उमाकान्त झा – प्रदेश ५, दुर्गा केशर खनाल – कर्णाली प्रदेश, मोहनराज मल्ल – सुदुर पश्चिम प्रदेश रहेका छन् ।
सातै प्रदेश प्रमुखलाई तत्कालीन शेरबहादुर देउवा सरकारले २०७४ माघ ३ गते नियुक्त गरेको थियो।

समाचार
थप सामाग्री-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
२ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नं. १ बाट २७ वर्षीय युवा राजनीतिकर्मी सन्देश लम्सालले युवातर्फको…


