सार्वजनिक निजी साझेदारीको मोडेलमा नगएसम्म अपेक्षाकृत विकास संभव छैन : नगर प्रमुख खाँण ।

तोलाकान्त बगाले/वालिङ :
वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँणले सरकारले लगानीका लागि उत्प्रेरकको काम गर्नुपर्ने बताउनुभएको छ । वालिङ नगरपालिका र विरोक एण्ड कम्पनीको आयोजनामा आईतबार वालिङमा आयोजित सार्वजनिक निजी साझेदारी तालीम तथा छलफल कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख खाँणले सरकारले आवश्यक नीति निर्माण तथा कानून बनाएर लगानीकर्तालाई उत्प्रेरित गर्नुपर्ने बताउनुभएको हो ।
“सार्वजनिक निजी साझेदारीको मोडेलमा नगएसम्म अपेक्षाकृत विकास संभव छैन” नगर प्रमुख खाँणले भन्नुभयो, “त्यसका लागि सरकारले लगानीकर्ताका लागि उचित वातावरण सिर्जना गरी उत्प्रेरकको भूमिका निभाउनुपर्छ ।”
सरकारले लगानीकर्ताको लगानीको सुरक्षा गर्दै सहकार्य गरेर वा बाहिर रहेर पनि जोँस र जाँगर भरेर उत्प्रेरणा दिनसकेको खण्डमा लगानीकर्ताहरु आकर्षित भएर आउने नगर प्रमुख खाँणको भनाई थियो । वालिङ नगरपालिकाले अब छिट्टै विरोक एण्ड कम्पनीसँगको सहकार्यमा वालिङमा लगानी सम्मेलन गर्ने अन्तिम तयारीमा रहेको नगर प्रमुख खाँणले बताउनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख कल्पना तिवारीले तालीम तथा छलफलबाट प्राप्त सिकाईलाई आगामी दिनमा कार्यान्वयनको चरणमा लगिने प्रतिबद्धता ब्यक्त गर्नुभयो । “छलफलबाट निस्केका निचोडहरुलाई नगरको हितकालागि प्रयोग गर्दै अगाडि बढन्े छौं” उपप्रमुख तिवारीको भनाई थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीले लगानी सम्मेलनका लागि वालिङबाट योजनाहरु छनौट गरी सम्मेलनमा प्रस्तुत गरिने बताउनुभयो ।
नगरपालिकाले पहिचान गरेका विभिन्न आयोजना मध्ये केही छनौट गरेका आयोजनाहरुको अध्ययन, अनुसन्धान र विश्लेषण गरी सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत संभावना बोकेका आयोजनाहरुलाई अगाडि बढाउन सकिने विरोक एण्ड कम्पनीका अध्यक्ष राधेश पन्तलले बताउनुभयो । नगर प्रमुख दिलिपप्रताप खाँणको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीले र सञ्चालन सामाजिक विकास अधिकृत पदमप्रसाद पाण्डेले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…