लिपुलेक र कालापानी सहितको नक्सा हामीले प्रकाशित गरिसकेका छौ : मन्त्री अर्याल (भिडियो सहित) ।
राधाकृष्ण डुम्रे/स्याङ्जा :
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले लिपुलेक र कालापानी समेटिएको नेपालको आधिकारिक नक्सा यस अघि नै सार्बजनिक गरेको बताउनु भएको छ । मन्त्री अर्यालले भन्नुभयो,“हामीले हाम्रो भुभाग समेटेर आधिकारिक नक्सा माघ फागुन तिर प्रकाशित गरिसकेका छौं ।” मन्त्री अर्यालले थप्नुभयो, मेरै नेतृत्वमा रहेको मन्त्रालयको नापी बिभागले प्रमाणित नक्सा प्रकाशित गरेको हो ।
स्याङ्जाको वालिङमा भएको दुर्गा खिमा फाउण्डेसनको उद्दघाटन कार्यक्रममा बोल्दै मन्त्री अर्यालले नेपालको जमिन आफूहरु समाप्त भएर पनि बचाउने उद्घोष गर्नु भयो । उहाँले नेपालीको स्वाभिमानसँग यो बिषय जोडिएको बताउनु भयो ।
कालापानी र लिपुलेक नेपालमा पर्छ हामीसंग ऐतिहासिक प्रमाण छ भन्दै मन्त्री अर्यालले भन्नुभयो,“सुगौली सन्धीमा नै स्पष्ट उल्लेख गरिएको कालीनदी सम्मको भुभाग नेपालको हो, तर भारत किन जिस्क्याई रहन्छन थाहा छैन ।” यसमा कुनै छलफल नै हुदैन उहाँको भनाई छ । लिम्पियाधुराको भुभागमा केही बिबाद भए पनि अरु भुभाग नेपालको रहेकोमा कुनै शंका नरहेको मन्त्री अर्यालको स्पष्टोक्ति छ ।
प्रधानमन्त्रीले शनिबारको लागि यो बिषयमा छलफल गर्न बैठक बोलाउनु भएको जानकारी दिदै मन्त्री अर्यालले अव सरकारले कदम चाल्ने धारणा राख्नुभयो । राष्ट्रमाथि आँच आउने कुरामा सरकार संवेदनशील रहेकाले त्यसमा पछाडि नहट्ने उहाँको तर्क छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


