नक्सा संच्चाउन माग नेविसंघले पठायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र ।

भवानी अधिकारी/स्याङ्जा :
नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ स्याङ्जाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतवार ज्ञापनपत्र पठाएका छन् ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ् मार्फत यहाँका बिद्यार्थीहरुले नेपाली भूमि भारतले आफनो नक्शामा उल्लेख गरेकोप्रति बिरोध जनाउदै तत्काल नक्सा सच्चाउनु पर्ने माग गर्दै ज्ञापनपत्र बुझाएका हुन ।
‘आधुनिक नेपाल निर्माणका लागि हजारौं नेपाली वीरपूर्खाहरुको योगदान, बहादुरी, सुझवुझ, अठोट सहितको राष्ट्रप्रेम विश्वको उदाहरणीय छ । गौरवशाली इतिहास बोकेको नेपालका बिभिन्न सीमा शक्तिशाली राष्ट्र भारत र चीनसंग जोडिएको हामी सबैलाई सर्वविदितै छ । नेपाल भूमिको संरक्षण गर्नु नेपाल सरकारको प्रमुख दायित्व हो’ ज्ञापन पत्रमा उल्लेख छ ।
नेपाल बिद्यार्थी संघ स्याङ्जा जिल्ला अध्यक्ष अजित क्षेत्रीद्धारा हस्ताक्षरित पत्रमा पछिल्लो पटक कालापानी, लिम्पुयाधारा र लिपुलेक भारतीय नक्सामा देखाइएको छ जुन हामी नेपालीलाई गम्भीर आपत्तीको बिषय बनेको छ । हाम्रा पूर्खाका रगत, पसिना र दुखले आर्जेको मुलुकको एक चुट्की माटो पनि हामी गुमाउन चाहदैनौं । नेपाल सरकारले कडा कदम चालोस । कुटनितिक पहल वा अन्र्तराष्ट्रिय अदालतसम्म पुगेर भए पनि भारतीय नक्सालाई अमान्य घोषित गर्नु पर्ने जनाउदै भारत, चीनद्धारा अतिक्रमित नेपाली भूमिको रक्ष ागर्न आग्रह गरिएको छ ।
साथै, ज्ञापनपत्रमा सगरमाथा कस्को भन्ने बिषयमा तत्कालिन प्रधानमन्त्री वीपी कोइरालाले चीन भ्रमणगरी माओसंग वार्ता मार्फत सगरमाथा नेपालको भनेपछि चीनले त्यसपछि सगरमाथाका बारेमा कहिल्यै कुरा उठाउन नसकेको पनि स्मरण गराएका छन् ।
ज्ञापनपत्र बुझदै प्रजिअ कुरुम्वाङ्ले मुलुकको संरक्षण र रक्षाका लागि कोही पनि राजनीतिक दल तथा भातृसंगठनहरु पक्ष र विपक्षमा बिभक्त हुन नहुने बताउदै नेपाल बिद्यार्थी संघको आवाज जायज र मननीय रहेको बताउनुभयो । उहाले आफुलाई प्राप्त ज्ञापन पत्र तत्काल प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरवारमा प्रेषित गर्ने समेत प्रतिवद्धता जनाउनुभयो ।
समाचार
थप सामाग्री-
आमा औसीको अवसरमा बुद्धाश्रममा सामग्री वितरण र गण्डकी कोटिहोममा महायज्ञको उत्साह
-
गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्याली सम्पन्न
-
व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम ।
-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।

सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
४ हप्ता अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीको मुद्दा थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएको…