पार्टीको ठहर होइन सभापतिको आशंका : प्रवक्ता शर्मा


भवानी अधिकारी/स्याङ्जा :
नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाको अभिव्यक्ति पार्टीको ठहर नभई उहाको आशंका मात्रै रहेको बताउदै सरकार र सत्तापक्ष नेताले सभापति देउवालाई जवाफ दिनुभन्दा भारतसंग जवाफ माग्न आग्रह गर्नुभयो ।
नेपाल प्रेस यूनियन कास्कीले पोखरामा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शर्माले भारतीय प्रधानमन्त्री मोदीलाई विभिन्न भाषामा जन्मदिनको शुभकामना दिन सक्ने प्रधानमन्त्रीले सीमा मिचिँदा नेपाली भाषामा मात्रै विज्ञप्ति जारी गर्दा आशंका जन्माएको दावी गर्नुभयो । उहाले थप्नुभयो प्रतिपक्ष पार्टीले आशंका गर्न पाउँछ । ‘कालापानीवाट भारतीय सेना हटाउनुपर्छ भनेर सीमामा दवाव दिदै मार्चपास गर्नेहरु अहिले सरकारमा छन , केही मन्त्री बने ।’ उहाले भन्नुभयो ‘नेपाली भूमि भारतीय नक्शामा राख्दा समेत अहिले वास्ता गर्दैनन । उनीहरुको राष्ट्रवाद कता गयो ? ’
सभापति देउवाले गत शनिवार पोखरामा आयोजित चुनावीसभामा प्रधानमन्त्री ओलीकै सल्लाहमा भारतले नक्सा सार्वजनिक गरेको भन्ने अभिब्यक्ति सार्वजनिक भएपछि अहिले पक्ष र विपक्षमा बहस चलेको छ ।
कास्कीमा हुने प्रतिनिधिसभा क्षेत्र न. २ को उपनिर्वाचनलाई लक्षित गर्दे उम्मेदवार खेमराज पौडेलको चुनावीसभालाई सम्बोधन गर्न पोखरा आउनु भएका प्रवक्ता शर्माले अवको ३ दिनभित्र कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर सरकारले नक्सा सार्वजनिक गर्न नसक्ने हो भने प्रतिपक्षीलाई त्यसको जिम्मा दिन उहाको आग्रह छ । सरकार र नेकपाका नेताले देउवालाई जवाफ दिनुभन्दा भारतसँग छिटो वार्ता गर्न उहाको सुझाव छ ।
आफना मित्र रवीन्द्र अधिकारी र आफु छुट्टाछुट्टै पार्टीवाट एउटै नारा बंशवादको अन्त्य र गणतन्त्रको स्थापनामा उभिएको स्मरण गर्नुभयो । मुलुकमा भएको राजनैतिक आन्दोलनले राजतन्त्रात्मक शासन ब्यवस्था अन्त्यगरी मुलुकमा गणतन्त्र स्थापना त गर्यो । तर, गणतन्त्र प्राप्तिका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको सहयात्री दल नेकपाले नेपाली जनताले समाप्त पारेको वंशवादलाई निरन्तरता दिदै रवीन्द्र अधिकारीका पत्नीलाई चुनावी मैदानमा उतार्नु दुखद रहेको उहाको भनाई छ ।
कास्की क्षेत्र नं. २ को उपनिर्वाचन कांग्रेसका लागि सत्ता र सरकार प्राप्तिका लागि नभई सरकारका चरित्र सच्चाउनका लागि पनि कांग्रेसको जीत अहिलेको आवश्यक रहेको प्रवक्ता विश्वप्रकाश शर्माले भन्नुभयो ।

Facebook Comments Box
TOP