स्याङ्जाको पर्यटकीय क्षेत्र बाहुनथानमा १२ फिट अग्लो नेपालको झण्डा फहराईयो ।
आँधीखोला खबर/वालिङ :
वालिङ नगरपालिका वडा नम्वर ११ मा पर्ने पर्यटकीय क्षेत्र बाहुनथानमा १२ फिटको नेपालको राष्ट्रिय झण्डा फहराईएको छ । सरसफाईको दोस्रो श्रृङ्खला अन्र्तगत शनिबार १२ फिट अग्लो नेपालको राष्ट्रिय झण्डा राखिएको हो ।
वण्डरफुल वालिङ र दारी ग्याङको संयुक्त पहलमा राष्ट्रिय झण्डा राखिएको हो । गतहप्ताबाट शुरु भएको अभियान अन्तर्गत आज सो क्षेत्रमा सरसफाई गर्नुका साथै झण्डा समेत राखिएको वण्डरफुल वालिङका सचिब गणेश बहादुर राउतले जानकारी दिनुभयो ।

वालिङ नगरपालिकामा पर्ने पर्यटकीय क्षेत्रको संरक्षण र प्रर्वद्धनमा लागिरहेकोे संस्था वण्डरफुल वालिङको आयोजना, बाहुनथान पर्यापर्यटकीय उद्यानको सह—आयोजना तथा वालिङ नगरपालिका वडा नं ११ को बिशेष सहयोगमा साप्ताहिक सफाई अभियानको थालनी गरिएको थियो । जसमा लिओ क्लब अफ वालिङ सिटि, वालिङ युवा क्लब, साईन भिलेज ईन्टरनेशनल एकेडेमी वालिङ, मुस्लिम समाज वालिङ, नवजागृति युवाक्लब वालिङ १४, त्रिनेत्र युवाक्लब वालिङ ९, कागती भन्ज्याङ युवा क्लव वालिङ ११ लगायतका वालिङका संघसंस्थाहरुको साथ र सहयोग रहेको छ ।
पर्यटन क्षेत्रको संरक्षण र प्रवर्धन गरी पर्यटकको आगमनमा बृद्धि गर्ने उद्देश्यले अभियान शुरु गरिएकोे वण्डरफुल वालिङका कार्यबाहक अध्यक्ष आशिषप्रताप खाँणले जानकारी दिनुभयो ।
वालिङ बजारबाट केही दुरीको ग्रामिण सडक मार्फत सहजै पुग्न सकिने बाहुनथानबाट वालिङ बजारका साथै बिभिन्न रमणीय दृश्य हेर्न सकिन्छ ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


