दुर्गम बस्तीहरुमा विकासको लहर देखिन थाल्यो : मन्त्री बस्नेत

तोलाकान्त बगाले /वालिङ :

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले विभेदकारी शासनको अन्त्यसँगै दुर्गम बस्तीहरुमा विकासको लहर देखिन थालेको बताउनुभएको छ ।

स्याङ्जाको वालिङ नगरपालिका ७ ताप्केमा ताप्के खानेपानी तथा सरसफाई आयोजनाको शुक्रबार उद्घाटन गर्नुहुँदै मन्त्री बस्नेतले विकासका दृष्टिले पछाडि परेका स्थानहरुलाई प्राथमिकतामा राख्दै योजनाहरु सञ्चालन गरेको बताउनुभयो ।

पहुँचवालाहरुको ठाउँमा विकासका योजनाहरु सञ्चालन हुने तर पहुँच नभएका दुर्गम बस्तीहरु झन झन अविकसित हुँदै जान नपाओस् भनेर विकासमा सबैको समान पहुँच पु¥याउने दृष्टिले प्रदेश सरकार अगाडि बढेसँगै गाउँ गाउँमा विकास लहर देखिन थालेको मन्त्री बस्नेतको दाबी थियो ।

“जनप्रतिनिधि कहिल्यै शासक हुँदैन, जनताको सेवक भएकाले गाउँ गाउँमा रहेका बस्तीहरुका नागरिकको भावना बुझेर योजनाहरु बनाउनुपर्ने छ” मन्त्री बस्नेतले भन्नुभयो, “प्रदेश सरकारले साढे ३ वर्षमा देखिने खालका कामहरु गर्दै गण्डकी प्रदेशलाई नमूना र उत्कृष्ट प्रदेशकोरुपमा स्थापित गर्नेछौं ।”

पर्यटनको विकास विना गण्डकी प्रदेशको विकास हुन नसक्ने भएकाले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी आर्थिक समृद्धितर्फ लगिने मन्त्री बस्नेतले बताउनुभयो ।

तीन वटै तहका सरकारसँग समन्वय र सहकार्य गर्दै गण्डकी प्रदेशका प्रत्येक घरधुरीमा खानेपानीको धारा पु¥याउने लक्ष्यसहित प्रदेश सरकार अगाडि बढेको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेश विधायन समिति सभापति मोहन रेग्मीले स्थानीय तहसँग सहकार्य गर्दै योजनाहरु सञ्चालनमा रहेको बताउनुभयो ।

नागरिकलाई आर्थिकरुपमा समृद्ध बनाउनतर्फ लाग्नुको विकल्प नभएको बताउदै विधायन समिति सभापति रेग्मीले आर्थिक समृद्धि कामबाट मात्रै संभव रहेको बताउनुभयो ।

वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले नगरको समूचित विकासका सन्दर्भमा संघीय सरकार र प्रदेश सरकारसँग सहकार्य गर्दै अगाडि बढेको बताउनुभयो ।

“विकासका लागि राजनीतिभन्दा माथि उठेर लागौं” नगर प्रमुख खाँणले भन्नुभयो, “विरोधका लागि मात्रै विरोध होईन विकल्पसहितको विरोध गर्ने पद्धतिको विकास गरौं ।”

कार्यक्रममा नेकपा नेता उदय श्रेष्ठ, नेकपा वालिङ नगर अध्यक्ष राजेन्द्र डुम्रे, नेकपा जिल्ला सचिवालय सदस्य खगिसरा थापा, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, वडा नं. ७ का वडा अध्यक्ष पाण्डुकुमार थापा, खानेपानी डिभिजन कार्यालय स्याङ्जाका प्रमुख प्रेमप्रसाद डोटेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

लक्ष्मी रानाको स्वागतसँगै शुरु भएको कार्यक्रम ताराबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन कोपिलमणि खनालले गर्नुभएको थियो ।

Facebook Comments Box
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
२ हप्ता अगाडि

आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नं. १ बाट २७ वर्षीय युवा राजनीतिकर्मी सन्देश लम्सालले युवातर्फको…

TOP