पुर्वसभामुख महरा पुर्पक्षका लागि थुनामा

बलात्कार प्रयासका अभियुक्त पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौँ जिल्ला अदालतको आदेश दिएको छ।

संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको थुनछेक बहस सकिएपछि अदालत उक्त आदेश दिएको हो।

जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलाशले आइतबारदेखि शुरु भएको थुनछेक बहसपछि मंगलबार पूर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो । 

महरालाई थुनामा पठाएर मुद्दा अघि बढाउने वा थुनामुक्त गरेर भन्नेबारे जिल्ला अदालत काठमाडौंमा आइतबार बहस सुरू भएको थियो। महराविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ को दर्ता दफा ३४ को उपदफा ३ बमोजिम मुद्दा दर्ता गरिएको हो ।

जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। महरालाई अदालतले डिल्ली बजार कारागार चलानको आदेश दिएको छ ।  

Facebook Comments Box
TOP