पोखरामा उपनिर्वाचनको रौनक
पोखरा – प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रिक्त पदको उपनिर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ता हुँदैछ। आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुन लागेको हो।
बिहीबार बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगले सम्बद्ध जिल्ला निर्वाचन कार्यालयमा उम्मेदवारी मनोनयन हुने जनाएको छ। स्थानीय तहको उम्मेदवारको मनोनयन दर्ता भने एक सातापछि तोकिएको आयोगले जनाएको छ।
कास्की २ मा संघीय संसद सदस्यको लागि हुने उपनिर्वाचनको मनोनय दर्ता गराउनको लागि दलका उम्मेदवारहरु जुलुश सहित निर्वाचन आयोग पुगेका छन्। नेकपा सांसद रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि कास्की दुईमा उपनिर्वाचन हुन लागेको हो।
कास्की २ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विद्या भट्टराई, नेपाली कांग्रेसले खेमराज पौडेल, समाजवादी पार्टीले धर्मराज गुरुङ, साझा पार्टीले रजनी केसी र विवेकशील दलले जमुना शर्मालाई उम्मेदवार बनाएको छ। नागरिक न्युज डटकमबाट


समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


