जगत भञ्ज्याङ बहुउद्देश्यीय सहकारी सस्थाको बाह्रौं साधरण सभा सम्पन्न ।
तिलक गुरुङ/वालिङ :
वालिङ—५ मा रहेको जगत भञ्ज्याङ बहुउद्देश्यीय सहकारी सस्थाको बाह्रौं साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै जगतभन्ज्याङ गाविसका पूर्ब अध्यक्ष नर प्रसाद रेग्मीले गाँउमा स्थापना भएको सहकारीले आर्थिक स्तर बृद्धिको लागि ठुलो सहयोग गरेको बताउनु भयो ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष चेत कुमार शाहीले ३ कराेड ४२ लाख रुपैंया बराबरको आयब्यय प्रस्तुत गर्नु भएको थियो । त्यस्तै सचिव खेम बहादुर केसीले सस्थाको लक्ष्य उद्देश्य रणनिती कार्यनितीहरुको बिषयमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा वालिङ नगर कार्यपालिका सदस्य जमुना के सी , समाजसेवी धनुषचन्द्र खड्का, वडा सदस्य महेश गुरुङ, वालिङ नगरपालिकाका कानुनी सल्लाहकार नर बहादुर पौड्याल वडा सदस्य केश बहादुर थापा लगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष याम बहादुर केसीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन छवि आले ले गर्नु भएको थियो भने स्वागत सदस्य सुनिता शर्माले गर्नु भएको थियो ।
सहकारीमा महिला २ सय ५८ र पुरुष १ सय ७९ गरि जम्म ४ सय ३७ शेयर सदस्यहरु रहेको बताईएको छ । सो अवसरमा एसईई मा सहभागी शेयर सदस्यहरुको छोरा छोरीलाई सम्मान गरिएको थियो त्यस्तै जेष्ठ शेयर सदस्यहरुलाई पनि सम्मान गरिएको थियो ।


समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


