जबरजस्ती करणीका आरोपी दमै पुर्पक्षका लागि जेल चलान

Syangja district cort


तोलाकान्त बगाले/वालिङ :

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणीका आरोपी चन्द्रबहादुर दमैलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

असोज २९ गते (एक महिना अगाडि) रातको १ बजेको समयमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने आँधीखोला गाउँपालिका ५ का २६ वर्षीय दमैका नाममा कार्तिक ४ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जामा उजुरी परेपछि नीजलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले बताउनुभयो ।

स्याङ्जा जिल्ला अदालतको कार्तिक २९ गते शुक्रबारको आदेशले दमैलाई पुर्पक्षका लागि जिल्ला कारागार स्याङ्जा चलान गरेको प्रहरी प्रवक्ता भण्डारीले बताउनुभयो ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP