वालिङ : स्वास्थ्य प्रवर्धन मेरो अभियान कार्यक्रम ।
आँधीखोला खबर/वालिङ
स्वास्थ्य कार्यालय स्याङजाको आयोजना तथा वालिङ नगरपालिकाको सहयोग र समन्वयमा स्वास्थ्य प्रवर्धन मेरो अभियान कार्यक्रम संचालन भएको छ । कार्यक्रम अन्तर्गत पहिलो दिन मंगलबार सरोकारवालाहरुलाइ नसर्ने रोगको बारेमा जानकारी गराउनुका साथै उनीहरुको स्वास्थ्य परिक्षण समेत गरिएको छ ।

सो अवसरमा नसर्ने रोगहरु उच्च रक्तचाप, मधुमेह, फोक्सोको दीर्घ रोग, क्यान्सर जस्ता रोगहरुको बारेमा जानकारी गराईएको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख दिलिप प्रताप खाँणले पछिल्लो समयमा नेपालमा नसर्ने रोगका कारण धेरै ब्यक्तीहरुको ज्यान जाने गरेको तथ्याङ्क आउने गरेको बताउनु भयो । आहार,विहार र जीवनशैलीमा परिवर्तन गर्न जरुरी रहेको भन्दै प्रमुख खाँणले भन्नुभयो, “नसर्ने रोगका कारण धैरै ब्यक्तिको ज्यान जोखिममा पर्नुको मुख्य कारण मानबीय जीवनशैली नै हो ।”
वेलैमा स्वास्थ्य जाँच गर्नु पर्ने खाना तथा आहार विहारमा परिवर्तन गर्नुपर्ने जीवनशैलीमा समेत परिवर्तन गर्न जरुरी रहेको प्रमुख खाँणको भनाई छ । उहाँले वालिङ नगरपालिकाले नसर्ने रोगलाइ प्राथमिकतामा राखेर योजना वनाउने पनि प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
कार्यक्तममा स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यम प्रसाद शर्माले अभियानको उद्देश्य सहित कार्यक्रमको कार्ययोजनाका बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रम पश्चात वालिङ नगर पालिकाका जन प्रतिनीधि, कर्मचारी तथा सेवाग्राही गरी ६० जनाको रक्तचाप, चिनिको चाँज तथा शरिर पिण्ड सुचक (BMI) को जाँच गरीएको थियो ।
कार्यक्रममा सहजिकरण जन स्वास्थ्य निरीक्षक एव वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल पाण्डे गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


