प्रधानमन्त्री निरन्तर अस्पताल बस्नु पर्ने भएपछि सरकार सञ्चालन हुन सक्तैन -कांग्रेस केन्द्रीय सदस्य श्रेष्ठ ।
एशिव शरण महत/भीरकोट :
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले अस्पतालको वेडमा वसेर वर्तमान सरकार चल्न नसक्ने वताउनु भएको छ । देशको शक्तिशाली प्रधानमन्त्री महिनौ सम्म विरामी भई अस्पताल बस्ने गरेको भन्दै नेता श्रेष्ठले भन्नुभयो, “के नेकपा पार्टीमा प्रधानमन्त्री हुन सक्ने हैसियतको व्यक्ति कोही नभएकै हुन त ?”
नेपाली कांग्रेस भीरकोट नगरकार्य समितिले आयोजाना गरेको भेटघाट कार्यक्रममा बोल्दै श्रेष्ठले नेपाली जनताले ठूलो वलिदान गरी ल्याएको संविधानको पूर्ण कार्यान्वयन गर्न सरकार उदासिन रहेको आरोप समेत लगाउनु भयो । उहाँले दुई तिहाइको सरकारलाई गफमा भन्दा पनि विकासमा चमत्कारी परिवर्तन ल्याउन तर्फ लाग्न सुझाब दिनुभयो ।
नेता श्रेष्ठले चुनावमा हार जित स्वभाभिक भएको भन्दै कार्यकर्तालाई विचलीत नभई सङ्गठन विस्तारमा लाग्न आग्रह गर्नु भयो । स्थानीय चुनावमा मान्छे मन नपरेको भन्दै टाउको हराउने पद्धती राम्रो नभएको भन्दै कमजोरी लाई सुधार गरी सवै एक ढिक्का भएर अघी वढ्नुपर्ने श्रेष्ठको भनाई छ । जनप्रतिनिधि आएको छोटो समयमानै भीरकोटमा विकासको लहर नै आएको भन्दै श्रेष्ठले स्याङ्जाको बिकासमा आफू कटिबद्ध भएर लाग्ने स्पष्ट पार्नु भयो ।
कार्यक्रममा भीरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनालले विकास निर्माणमा सवै नगरवासीको साथ र सहयोगको आवश्यक रहेको बताउनु भयो । उहाँले सेवाग्रहीलाई दिनुपर्ने हरेक सेवा,सुविधा प्रदान गरी समृद्ध र देशकै नमूना योग्य नगर वनाउने वताउनु भयो । नगरको विकासको लागि सबैलाईी समान व्यवहार गर्ने गरेको प्रमुख खनालको भनाई छ ।
कार्यक्रममा नगर उप प्रमुख सिमा केसी कर्माचार्य,क्षेत्र वहादुर थापा, भक्त वहादुर केसी,नर वहादुर राना,नुवादत्त अर्याल, चिन्तामणी चापागाई र कुदरत अलि लगायतले काग्रेसमा हुने गरेको गुटवन्दी केन्द्र देखीनै सुधार भई तल्लो तह सम्म पनि सुुधार हुनुपर्ने बताए ।
नेपाली काग्रेस भीरकोट नगर कोषाध्यक्ष जगदीस कोईरालाको अध्यक्षतामा सम्पन्न कार्यकर्ता भेटघाट कार्यक्रमको संचालन नेपाल तरण दल क्षेत्रीय सभापति दिपेन्द्र केसीले र स्वागत नेपाली काग्रेस महाधिवेशन प्रतिनिधि नशिवदिन मिँयाले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


