पोखराबासी स्याङ्जालीले गरे खेमराजलाई जिताउने प्रतिवद्धता ।

आँधीखोला खबर/पोखरा :
स्याङ्जा घर भई हाल पोखराका विभिन्न स्थानमा वसोवास गर्दै आएका स्याङ्जालीहरूले यो पटक कांग्रेस उमेद्वार खेमराज पौडेललाई भारी मतले जिताउने बताएका छन् । नेपाली कांग्रेस, स्याङ्जा–पोखरा सम्पर्क समितिले बुधवार पोखरामा आयोजना गरेको चुनावी भेलामा यस्तो प्रतिवद्धजा जनाइएको हो । उनीहरूले नेपाली कांग्रेसले खेमराज पौडेल जत्तिको निष्ठावान राजनीतिकर्मीलाई उम्मेदवार बनाएकाले यो पटक सबै स्याङ्जालीहरूको भोट एकै ठाउँमा केन्द्रीत हुने बताए ।
सो अवसरमा उम्मेदवार खेमराज पौडेलले अहिलेको निर्वाचन हार्नु जित्नुसँग नभइ देशकै प्रतिष्ठा र इमान जमानसँग जोडिएको बताउनु भयो । उहाँले यो निर्वाचनले देशमा मौलाएको वेथितिको अन्त्य गर्ने दावी गर्नु भयो । म नजिकै कास्कीको पुम्दीको तपाइँहरू छिमेकी जिल्ला स्याङ्जावाट कास्कीको पोखरा आउनुभएको यो नै तपाइँ हाम्रो सम्वन्ध हो । मुलुकमा अधिनायकवादले प्रजातन्त्र मास्न खोजेको आभाष भैरहेको छ । तपाइँहरू सचेत हुनुहुन्छ, यो नै मेरा लागि र राष्टको लागि काफी छ म त केवल प्रतिनिधी पात्र मात्र हुँ, उम्मेदवार खेमराजले स्याङ्जालीलाई संवोधन गर्दै भन्नुभयो ।

सो अवसरमा कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले देशमा बढिरहेको अधिनायक चरित्रको अन्त्य गर्नुपर्ने बताउनु भयो । उहाँले देशमा अहिले दुई तिहाईको वलमा लुट्ने काम भएको वताउँदै कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा खेमराज पौडेललाई जिताउनु पर्ने बताउनु भयो । कांग्रेस नेता धनराज गुरुङले संविधान र लोकतन्त्रको रक्षाका लागि यो चुनाव कांग्रेसले जित्नुपर्नेमा जोड दिनुभयो । उहाँले कम्युनिष्ट सरकारले लोकतन्त्र मासेर अधिनायकवाद लाद्न खोजेको आरोप लगाउनु भयो ।
नेपाली कांग्रेस, स्याङ्जा–पोखरा सम्पर्क समाजका संयोजक पवन नेपालको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति कुमार राना, संबिधानसभा सदस्य राजु थापा, नेतृ सरस्वती तिवारी, महासमिति सदस्य देवराज चालिसे, सचिव धु्रवबन्धु पोखरेल लगायतले वोलेका थिए ।

समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…