जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालको निधन ।
आँधीखोला खबर/पाल्पा :
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालको बिहिबार निधन भएको छ । उहाँको बिहीबार अपरान्ह ४ बजे निधन भएको नेकपा पाल्पाले जनाएको छ । ६७ वर्षीय बस्यालको काठमाडौं स्थित मनमोहन कार्डियोलोजी तथा भास्कुलर सेन्टरमा उपचारको क्रममा निधन भएको हो । फोक्सोमा समस्या देखिएपछि उहाँको तानसेनस्थित युनाइटेड मिशन अस्पतालमा उपचार भइरहेको थियो । पछिल्लो समयमा फोक्सोमा पानी भरिएर अवस्था जटिल बन्दै गएपछि बस्याललाई थप उपचारको लागि परिवारले काठमाडौं र्पुयाएका थिए । स्वर्गीय बस्याल लामो समयदेखि मधुमेह र उच्च रक्तचापले ग्रस्त हुनुहुन्थ्यो । नेपाल कम्युनिष्ट पार्टी पाल्पाका नेता समेत रहेका बस्याल जिल्लाको बगनासकाली गाउँपालिका–६ यम्घाको थामडाँडामा २००९ सालमा जन्मनु भएको थियो । नेकपा एमाले पाल्पाको पार्टी प्रमुख, किसान संघको केन्द्रीय सदस्य समेत बनेका बस्याल इमान्दार र निष्ठावान नेता रहेकोे पाल्पाका नेताहरुले बताएकाछन् ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


