जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालको निधन ।

आँधीखोला खबर/पाल्पा :
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालको बिहिबार निधन भएको छ । उहाँको बिहीबार अपरान्ह ४ बजे निधन भएको नेकपा पाल्पाले जनाएको छ । ६७ वर्षीय बस्यालको काठमाडौं स्थित मनमोहन कार्डियोलोजी तथा भास्कुलर सेन्टरमा उपचारको क्रममा निधन भएको हो । फोक्सोमा समस्या देखिएपछि उहाँको तानसेनस्थित युनाइटेड मिशन अस्पतालमा उपचार भइरहेको थियो । पछिल्लो समयमा फोक्सोमा पानी भरिएर अवस्था जटिल बन्दै गएपछि बस्याललाई थप उपचारको लागि परिवारले काठमाडौं र्पुयाएका थिए । स्वर्गीय बस्याल लामो समयदेखि मधुमेह र उच्च रक्तचापले ग्रस्त हुनुहुन्थ्यो । नेपाल कम्युनिष्ट पार्टी पाल्पाका नेता समेत रहेका बस्याल जिल्लाको बगनासकाली गाउँपालिका–६ यम्घाको थामडाँडामा २००९ सालमा जन्मनु भएको थियो । नेकपा एमाले पाल्पाको पार्टी प्रमुख, किसान संघको केन्द्रीय सदस्य समेत बनेका बस्याल इमान्दार र निष्ठावान नेता रहेकोे पाल्पाका नेताहरुले बताएकाछन् ।
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…