पर्यटकीय स्थान बाहुनथान संरक्षणमा वन्डर फुल वालिङ सहितका संघसंस्थाको सक्रियता ।

आँधीखोला खबर वालिङ
स्याङ्जाको वालिङका युवाहरु पर्यटकीय स्थान बाहुनथान संरक्षणमा जुटेका छन् । स्याङ्जाको वालिङ नगरपालिका ११ स्थित पर्यटकीय क्षेत्र बाहुनथान क्षेत्रको सरसफाई सहित संरक्षणको अभियान शुरु गरिएको हो ।
साप्ताहिक रुपमा बाहुनथान सरसफाई गर्ने अभियान अन्र्तगत शनिबार पहिलो श्रृङखलाको सरसफाई गरिएको छ ।
वण्डरफुल वालिङ र बाहुनथान पर्या पर्यटकीय उद्यानको आयोजना तथा वालिङ जेसिज, दारी ग्याङ स्याङ्जा, रोटरी क्लब अफ वालिङ,साईन भिलेज ईन्टरनेशनल एकेडेमी वालिङ, नवजागृति युवाक्लब र त्रिनेत्र युवाक्लब वालिङको सहयोगमा आज पहिलो चरणको सरसफाई गरिएको हो ।
सरसफाई अन्र्तगत पहिलो शनिबार बाहुनथानको तल्लो भागमा सरसफाई गरिएको वण्डरफुलका कार्यबाक अध्यक्ष एवं कार्यक्रम संयोजक आशिषप्रताप खांणले जानकारी दिनुभयो । बाहुनथान क्षेत्रको संरक्षण तथा प्रर्वद्धन गरी पर्यटकको आकर्षण बढाउने उद्येश्यले अभियान शुरु गरिएको उहाँले बताउनु भयो । सो ठाँउमा रहेका सिसाजन्य वस्तु, प्लाष्टिक जन्य फोहोर र कुहिने फोहोर समेत छुट्याएर १ ट्रिपर फोहोर संकलन गरेको वण्डर फुलका प्रवक्ता गणेश राउतले बताउनुभयो । संकलित फोहोरहरु वालिङ सरसफाई केन्द्रमा लगिएको छ ।


त्यस्तै दोस्रो शनिबार १२ फिट अग्लो नेपालको राष्ट्रिय झण्डा समेत बाहुनथानमा स्थापना गरिने बताईएको छ । वण्डरफुल वालिङ र दारी ग्याङले संयुक्त रुपमा झण्डा राख्ने जनाएको छ ।
पछिल्लो समय आन्तरिक पर्यटकको रोजाईमा परेको बाहुनथान वालिङ बजारबाट झण्डै २ किलोमिटर ग्रामिण कच्ची सडक मार्फत पुग्न सकिन्छ ।
पर्या पर्यटकीयका अध्यक्ष गोविन्द पंगेनी, वण्डरफुलका आशिषप्रताप खांण, वालिङ जेसिजका राजु तिवारी, रोटरीका मधुसुदन आचार्य, नजजागृतिका सुरज श्रेष्ठ, दारी ग्याङका ज्ञानेन्द्र पाठकको नेतृत्वमा गरिएको सरसफाई कार्यक्रममा झण्डै ७० जना युवाहरुको सहभागिता रहेकिो थियो ।

Facebook Comments Box
TOP