चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आउने

काठमाण्डौ – चिनियाँ राष्ट्रपति सी जिनपिङको आउँदाे शनिबार नेपाल आउनुहुने भएको छ ।

राष्ट्रपति सी को राजकीय भ्रमण अक्टोबर १२ र १३ अर्थात आउने शनिबार र आइतबारका लागि तय गरिएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

चिनियाँ राष्ट्रपति सी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा राजकीय  भ्रमणका क्रममा नेपाल आउन लाग्नुभएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर जनाएको छ ।

भ्रमणका क्रममा केही दुईपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने मन्त्रालयले जनाएको छ । चिनियाँ राष्ट्रपति सी शुक्रबार अक्टाेबर ११ मा भारत भ्रमणमा जाँदै हुनुहुन्छ । भारत भ्रमण सकेर चीन फर्कने क्रममा उहाँ शनिबार काठमाण्डौ ओर्लने र आइतबार चीन जाने तय भएको हो ।

उहाँको स्वागतका लागि काठमाण्डौमा तयारी तीव्र पारिएको छ । सुरक्षा व्यवस्थादेखि सडक सफा गर्ने, कालोपत्रे गर्ने, पार्क बनाउने लगायतका काम धमाधम भइरहेका छन् । यससँगै सी २३ वर्ष यता नेपाल भ्रमण गर्ने पहिलो चिनियाँ राष्ट्रपति बन्नुहुनेछ । 

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP