वालिङ तार्कु डाडामा बन्यो -खेमा फैलु क्होइबो
तीलक गुरुङ / वालिङ :
तार्कुडाडा तमु समाज वालिङद्वारा निर्मित खे मा फै लु क्होइबोको एक कार्यक्रमका बिच समुदघाटन भएको छ ।
स्याङ्जाको दक्षिण शिद्दार्थ राजमार्ग मिर्दी बजारदेखि झन्डै ५ किमि पुर्व तार्कु डाडामा अवस्थित खेमा फैलु क्होइबोको तमु प्ये ल्हु संघ केन्द्रिय अध्यक्ष हितकाजी तमुले रिवन काटी समुदघाटन गर्नुभएको थियो ।
वालिङ नगरपालिकाको ९ लाख आर्थिक सहयोग र अन्य स्थानीय वासी एवम् छिमेकी गाउँका इष्टमित्र तथा बिदेशमा रहनुहुने शुभचिन्तक प्ये ल्हुवादी तमु एवम् गैर तमुहरुबाट सङ्कलित सहयोग रकमबाट झन्डै २७ लाखमा निर्माण सम्पन्न भएको निर्माण समितिका संयोजक एवम् समाजका अध्यक्ष लालबहादुर चाह्क्ली तमुले बताउनु भयो ।

समाजका अध्यक्ष लालबहादुर चाह्क्ली तमुको अध्यक्षतामा सम्पन्न समुदघाटन कार्यक्रममा प्रमुख अतिथी तमु प्ये ल्हु संघका केन्द्रिय अध्यक्ष हितकाजी टु तमु,तमु ह्युल छोज धिका केन्द्रिय वरिष्ठ उपाध्यक्ष ले. यामबहादुर तमु,तमु प्ये ल्हु संघ केन्द्रिय क्ल्हेप्री समितिका अध्यक्ष लोकबहादुर टु क्ल्हेप्री तमु,तमु प्ये ल्हु संघ केन्द्रिय बोन्पो लम समितिका अध्यक्ष गङ्ग लम तमु,तमु प्ये ल्हु संघ स्याङ्जाका अध्यक्ष भोजराज क्रोम्छे तमु,तमु प्ये ल्हु संघ स्याङ्जाका उपाध्यक्ष सोनुकुमार योज तमु,तमु ह्युल छोज धि प्रदेश नम्बर ४ का प्रमुख पदमराज पह्च्यु तमु,तमु ह्युल छोज धि स्याङ्जाका अध्यक्ष रबि तमु,तमुस्यो ह्युल छोज धि प्रदेश नम्बर ४ का सदस्य सोनि योज तमु,बनकट्ट क्ल्हेप्री समितिका कान्छ क्रोम्छे क्ल्हेप्री तमु लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
खड्का बहादुर तमुको स्वागत र मनबहादुर तमुको संचालनमा सम्पन्न कार्यक्रममा चन्दा दाताहरुलाइ मायाको चिनो र सम्मान पत्रले सम्मान गरिएको थियो भने स्थानीय कलाकारहरुले सोरठी र विभिन्न लोकनृत्यहरु प्रस्तुत गरेका थिए ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


