वालिङको नयाँ पर्यटकीय गन्तव्य वन्दै “बैडा थाम” ।

आँधीखोला खबर/वालिङ :
वालिङ नगरपालिका वाड नं ६ मा पर्ने बैडा थाम नयाँ पर्यटकीय गन्तब्यका रुपमा परिणत हुँदै गएको छ । वालिङ बजारवाट नजिकै रहेको बैडा थाममा भ्युटार तथा अन्य सम्रचना बन्न थाले पछि यसको महत्व बढेको हो ।

बैडा थाम सामुदायिक बन उपभोक्ता समिती र स्थानीयको सक्रियतामा निर्माण गरिएको पानी पोखरी र भ्यू टावरको वालिङ नगरपालिकाका उप प्रमुख कल्पना तिवारीले उद्घाटन गर्नु भएको हो । टावरको उद्घाटन गर्दै तिवारीले वालिङको विकास र पर्यटकीय चहलपहल विस्तारका लागि उक्त क्षेत्रले महत्वपूर्ण सहयोग गर्ने विश्वास व्यक्त गर्नु भयो । उपप्रमुख तिवारीले भन्नुभयो, “ नगरपालिकाले पनि यसको विकास र यहाँको पर्यटकीय पूर्वाधार विकास गर्न रणनीतिक योजना निर्माण गर्न सहयोग गर्नेछ ।”
कार्यक्रममा डिभिजन बन कार्यालय स्याङ्जाका प्रमुख कोमल काफ्ले र यूवा समाजसेवी नेत्र प्रसाद पाण्डे बैडा थाममा निर्माण गरिएको टावरले वालिङ नगरपालिकाकै पर्यटकीय सम्भावनालाई नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।
वालिङ मिर्दिबाट १ किलोमिटरको दुरीमा रहेको उक्त स्थानबाट रमणीय धेरै ठाँउको अवलोकन गर्न सकिन्छ । वालिङवाट नजिकको दुरीमा रहेकाले उपयुक्त पिकनिक स्पोर्टका रुपमा धेरैको रोजाइमा परेको छ ।

भ्यू टावर ४ लाख ९२ हजार लागतमा निर्माण गरिएको हो । भने, पोखरी २ लाख २१ हजार लागतमा निर्माण सम्पन्न भएको उपभोक्ता समितीका कोषाध्यक्ष हरीवहादुर थापाले जानकारी दिनुभयो । जिल्ला वन कार्यालयबाट टावरका लागि चार लाख र पोखरीलाई दुई लाख अनुदान प्राप्त भएको थियो भने बाँकी रकम स्थानीयले जुटाएका थिए ।
कार्यक्रममा सव बन कार्यालय वालिङका हेमलाल न्यौपाने, वालिङ नगरपालिका सामाजिक शाखा अधिकृत पदमप्रसाद पाण्डे, शाखा अधिकृत खुमकान्त अर्याल, रामबाच्छा सामुदायिक बनका अध्यक्ष टिकाराम रेग्मी लगायतले बोलेका थिए । माया पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मुक्तिप्रसाद पाण्डे, सञ्चालन सचिव डोलराज पंगेनी, धन्यवाद नन्दुराज अर्यालले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री
रेडक्रस स्याङ्जाको सभापतिमा अर्याल
१ हप्ता अगाडि
स्याङ्जा : नेपाल रेडक्रस सोसाईटी स्याङ्जा जिल्ला शाखाको सभापतिमा पुन ः दिनेश अर्याल निर्वाचित भएका छन् । शुक्रवार भएको जिल्ला…