तिहारको रौनक : यसरी मनाईन्छ तिहारका पाँच दिन ।


ज्यो.चक्रपाणी डुम्रे ( शास्त्री) : हिन्दुहरूको महत्त्वपूर्ण चाड तिहार कार्तिक कृष्णत्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया- सम्म जम्मा पाँच दिन मनाइन्छ । पौराणिक कथन अनुसार सूर्यकी पुत्री यमुनाले आफ्नो दाजु यमराजलाई कार्तिक कृष्ण पक्षको त्रयोदशीदेखी शुक्ल पक्षको द्वितीया सम्म घरमा राखी विभिन्न कन्दमुल फलफूल खुवाएर प्रसन्न पारी आफ्नो मनोकामना पुरा गरेको संस्मरण स्वरूप पाँच दिन सम्म यो चाड मनाइदै आएको भन्ने भनाइ छ। पाँचै दिन यमराजको पूजा गरिने भएकाले यमपञ्चक भनिएको हो।यि पाँच दिनमा कागपूजा, कुकुरपूजा, गाईपूजा, गोबर्द्धनपूजा र भाई पूजा गरी रमाइलो सङ्ग तिहार मनाइने गरिन्छ
पहिलो दिन :
यमपञ्चककाे पहिलो दिनलाई काग तिहार भनिन्छ। पशुपंक्षीलाई पनि श्रद्धा गर्ने धार्मिक मान्यता अनुरुप काग तिहारको प्रचलन चलेको हो । कागलाई यमराजको दूत र सन्देस वाहकको रुपमा मानिन्छ। यसले मानिसको उमेर सकिएको खबर यमरजकहाँ चाडै पुर्याउन नसकोस भनेर कागलाई घरघरमा मीठो मीठो खानेकुरा काक बलिका रुपमा दिई खुसी पारिन्छ । कागले वातावरणका फोहोर खाएर सफा राख्न सहयोग पुर्याउछ । त्यसैगरी यस दिन साझ मूल द्वारमा यमदीप बाल्नाले मृत्युदेव पनि खुसी हुन्छन् र अल्पायुमा मृत्यु हुदैन भन्ने विश्वास रहेको छ ।
दोस्रो दिन :
द्रोस्रो दिनलाई कुकुर तिहार अर्थात् नरकचतुर्दशी पनि भनिन्छ । यो दिन नरकका राजा यमराजको दूत
मानिने इमानदार प्राणी कुकुरको पूजा गरिन्छ। यो अन्यन्तै गुणवान र विश्वासी प्राणी मात्र नभई, घरमा
चोरी डकैती हुन बाट बचाउने ,बाटो देखाउने, चोर पत्ता लगाउने आदि गुणहरू भएको प्राणी हो । यस
दिन कुकुरलाई माला लगाई मीठा मीठा खानेकुरा दिई यमदूत कुकुरको पूजा गरि यमराजको सम्मान गरिन्छ । त्यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ। यस दिनमा लक्ष्मीले तेलमा निवास गर्छिन ।त्यस दिन शरीरमा तेल लगाउनाले वर्ष भरी धनको कमि हुदैन भन्ने मान्यता छ ।
तेस्रो दिन:
त्यसैगरी तेस्रो दिन औंशीको दिन हो । जसलाई गाई तिहार भनिन्छ। यसदिन लक्ष्मीको प्रतीकका
रुपमा गाईको पूजा गरिन्छ। गाई माता समान हुन् र नेपालीको राष्ट्रिय जनावर पनि हुन् ।आयुर्वेदिक
शास्त्र अनुसार गोमूत्र र गाईको दुधघ्यू बाट अनेकौं औषधि बनाउन सकिन्छ । गाईलाई सिङ र खुरमा तेल
लगाई जिउभरी चामलको पिठोको छाप लगाएर सिंगारिन्छ र निधारमा टीका घाटीमा माला लगाई मीठा मीठा अन्न एवं घास खान दिईन्छ। रात्रीमा धन दौलतकी देवी लक्ष्मीको पूजाआजा गरिने भएकाले लक्ष्मी पूजा पनि भनिन्छ ।
लक्ष्मीविनाको मानव जीवन कल्पना सम्म पनि गर्न सकिदैन । धनकी अधिष्ठात्री र माता लक्ष्मीले पूर्ण
ऐश्वर्य र आन्तरिक समृद्धि प्रधान गर्दछिन्। यस दिन हरेक घरघरमा झिलिमिली वत्ती बाली घरलाई
सिंगारिएको हुन्छ। लक्ष्मी आउछिन् भनेर मूल ढुकुटी बाट गेट सम्म लक्ष्मीका पाइला बनाउने र साँझमा
लक्ष्मीको पूजा गरिन्छ । समूहमा जम्मा भएर देउसी भैलो खेल्ने पनि गरिन्छ ।
चौथो दिन:
चौथो दिनलाई गोरूपूजा ,गोबर्द्धन पूजा भनिन्छ । धर्मिक मान्यता अनुसार इन्द्रले पानी पारेर
हाहाकार पारेको अवस्थामा भगवान श्रीकृष्णले कान्छी औलाले गोवर्द्धन पर्वतलाई उचालेर गोपाल
जाति ग्वालाअरूको संरक्षण गरेका थिए । यसैको स्मरणमा गोवर्द्धन पर्वतलाई पूजा गरिन्छ । वर्षभर हलो र गाडा तानेर उपकार गर्ने गोरूलाई सिंगारेर पूजा गरिन्छ । गोबरको थुप्रोलाई पर्वतबनाई पूजा गरिन्छ। यस दिन नेवारी समुदायमा म्हपूजा पनि गरिन्छ ।आफ्नो शरीर वा आत्माको पूजा गरि मीठा मीठा परिकार बनाई खाने परम्परा छ। यो दिन मान्छेले आफैंलाई सम्मान गर्ने र आत्मा सन्तुष्ट गरि आत्मा को पूजा गर्दछ्न।यसै दिनलाई नेपाल
संवतको आरम्भ दिन पनि मानिन्छ । नेवाहरूको नयाँ वर्ष पनि हो। ने. सं.को प्रारम्भ इ. सं.८८० बाट सुरु
भएको हो। अहिले ने. सं. ११३८ सुरु हुदैछ ।नेवार हरूको सम्पुर्ण चाडपर्वहरु नेपाल संवतको पात्रोअनुसार नै
मनाइन्छ ।
पाचौं तथा अन्तिम दिन:
तिहारको पाँचौ दिन महत्वपूर्ण र अन्तिम दिन हो । यस दिनमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई
उत्तम साइतमा सुस्वास्थ्य ,प्रगति र दीर्घायुको कामना गर्दै पूजा गर्छन्। निधारमा सप्तरङ्गी
टीका लगाई गलामा मखमली, दुबो,सयपत्री,र गोदावरीको माला लगाइदिन्छ्न् ।घरको मूल ढोकाको संघारमा ओखर फोरेर आफ्ना दाजुभाइको शत्रु हटुन् भन्ने कामना गर्दछ्न् । टीका लगाईदिनुपूर्व दाजुभाइलाई तेल र पानीको घेरा भित्र राखी यमराज बाट सुरक्षित पारेको मान्दछ्न् ।
तिहारमा
लगाइदिने टीकाको सङ्केत यस प्रकार छ- रातो-मंगलको सुचक,सेतो- शान्तिको सुचक ,पहेँलो- दीर्घायुको सुचक,निलो -निरोगिताको सुचक हरियो -बौद्धिकताको सूचक र अन्य दुई आफ्नो परम्परा अनुसार लगाइदिने भएकाले समृद्धिको सुचक
मानिन्छ । तिहार पर्वको दीपावली महत्त्वपूर्ण विशेषता हो। दीपावली दीपको पर्व हो,उज्यालोको पर्व हो ।
हामीले बाहिर घर, गल्ली ,कोठा ,मन्दिर ,बाटो सबैतिर दीप त बाल्छौ नै हामीभित्र पनि ज्ञान र
विवेकको दीप बाल्न छ । जव हामी भित्र ज्ञानको दिप बाल्दछौ तब अज्ञानताको अध्यारो हट्दछ ।
आफु भित्र सद्ज्ञान ,सद्भाव र सद्बिचार जगाउनु छ। हाम्रो अन्तस्करणमा जव दीप बाल्दछौ तब संसार
उज्यालो देख्न थाल्दछौ। तसर्थ,आउनुहोस् दीपावली गर्नुको वास्तविक अर्थ बुझौं ,आफ्नो जीवनलाई उज्यालो तर्फ अभिमुख गराउ र प्रसन्नतामा रामाउने प्रयास गरौं । भाइटीकाले दिदीबहिनी र दाजुभाईको सम्बन्धमा
थप उर्जा थप्दछ।पति/पत्निको सम्बन्ध छुट्टै छ तर संसारका सारा पुरुषहरूलाई दाजुभाई र सारा
नारीहरूलाई दिदिबहिनी समान ब्यवहार गरौं । दीपावली र भाईटीकाको बिज्ञान बुझौं र बुझाउँदै
अघि बढौ। ( लेखक नेपाल ज्योतिष परिषद् रूपन्देहीका अध्यक्ष हुन् ।)
समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…