स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले गर्यो अटिजम बालबालिका लाई सहयोग ।
भुपराज बस्याल/काठमाण्डौं: स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले काठमाडौको काडाघारीमा संचालित अटिजम ( शारीरिक तथा बौद्धिक अपांग ) सुधार केन्द्र मा रहेका पीडित बालबालिकाहरुलाई एक दिनको भोजनका लागि आर्थिक सहयोग गरेको छ । समाजका विभिन्न पदाधिकारीहरुको उपस्थिती बालबालिहरुको अबलोकन गर्दै सुधार केन्द्रमै पुगेर शुक्रबार समाज सहयोग आर्थिक सहयोग गरेको थियो ।

हालै निर्वाचित कार्यसमितिले पहिलो चरणको कार्यक्रम अपांगका क्षेत्रमा गर्ने निर्णय गरे अनुसार पहिलो कार्यक्रम काठमाडौमा गरिएको र दोश्रो स्याङ्जा जिल्लामै गरेर पहिलो चरणको कार्यक्रम सकिने समाजका अध्यक्ष जीवन न्यौपानेले जानकारी दिए उनले भने स्याङ्जामा कुन ठाउँमा गर्ने भनेर तय नभएको र त्यसको लागि समितिका साथीहरूलाई जिम्मा दिएको पनि उनले बताए ।
स्याङ्जा जिल्ला बाट बिदेशमा बस्दै आएकाहरुको सस्था स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले करिब बीस देशमा आफ्ना समितिहरुको निर्माण गरेको छ । तिनै समितिहरुको सहकार्यमा स्याङ्जा जिल्लाको समृद्धि अभियानमा लागेका स्याङ्जा जिल्ला बासिहरुको सम्भवात जिल्ला भन्दा बाहिर गरिएको पहिलो कार्यक्रम हो । समाजले विभिन्न क्षेत्रमा सहयोगका कार्यहरू गर्दै आएको छ ।
अटिजम बालबालिकाहरुलाई सुधारको पाटोमा लागेकि बिशेष स्कुल तथा पुनस्र्थापन केन्द्रकि अध्यक्ष सबिता उप्रेतीले यस्तै सहयोगीहरुको हात बाट बालबालिकाहरुको क्षेत्रमा काम गर्दै आएको बताइन् । उनले भनिन् हामी आफ्नै भवन निर्माणमा लागि परेका छौ । त्यसको लागी एनआरएनले पनि सहयोग गरेको बताउदै भवन निर्माण हुन सके अझै धेरै बालबालिकाहरुलाई सेवा दिन सकिने बताइन् । उक्त कार्यक्रममा पुगेका अन्तर्राष्ट्रिय धादिङ समाजमा अध्यक्ष नानुकाजि अर्याल, अन्तर्राष्ट्रिय झापा समाजका अध्यक्ष छत्र सुब्बा, लगायत उपस्थित स्याङ्जा बासीहरुले अटिजम बालबालिकाहरुले बनाएका खादा टोपी लगायतका समानहरु किनेर बालबालिकाहरुलाई प्रोत्साहन गरेका थिए ।
भिडियो :
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


