रवि लामिछानेले विदेश जाँदा अदालतको अनुमति लिनुनपर्ने ।
आँधीखोला खबर :
सञ्चारकर्मी रवि लामिछानेलाई विदेश जाँदा अदालतको अनुमति लिनुपर्ने जिल्ला अदालतको आदेश उच्च अदालत पाटन हेटौँडा इजलासले बदर गरेको छ ।

रवि लामिछाने र युवराज कँडेललाई स्वास्थ्य उपचारका लागि विदेश जाँदा अनिवार्य अदालतको अनुमति लिनुपर्ने चितवन जिल्ला अदालतको आदेशलाई उच्च अदालत पाटन हेटौँडा इजलासले बदर गरेको हो ।
बिहीबार उच्च अदालत पाटन हेटौँडा इजलासमा चितवन जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध सरकारी वकिलसहित रवि लामिछाने र युवराज कँडेलले छुट्टाछुट्टै निवेदन दिएका थिए । विदेश जाने प्रावधान बाहेकका चितवन जिल्ला अदालतबाट भएको आदेश भने मिलेकै देखिएको भन्दै उच्च अदालतले सदर गरिदिएको छ ।
दुवै मुद्दा एकै विषयको भएको भन्दै एकै लगाउमा राखेर बिहीबार बहस भएको थियो । न्यायधीशद्वय महेन्द्रनाथ उपाध्याय र चण्डीराज ढकालको इजलाशले विदेश जाँदा अदालतको अनिवार्य अनुमति लिनुपर्ने आदेश भने बदर गरेको हो ।
चितवन जिल्ला अदालतले सञ्चारकर्मी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा रुकु कार्कीलाई साधारण तारेखमा रिहा गरेको थियो । यस्तै लामिछाने र कँडेललाई भने जनही क्रमशः ५ लाख र ३ लाख रुपैयाँ धरौटी माग गरेको थियो ।
यसबारेको जानकारी सञ्चारकर्मी लामिछानेले फेसबुक लाईभ मार्फत केही बेर अगाडि गराउनु भएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


