दोस्रो पित्लेक बडादशैं कृषि तथा पर्यटन मेला सम्पन्न ।
राधाकृष्ण डुम्रे/वालिङ :
स्याङ्जाको पर्यटकीय एवं कृषिका क्षेत्रमा प्रसिद्ध पित्लेकमा दोस्रो पित्लेक बडादशैं कृषि तथा पर्यटन मेला सम्पन्न भएको छ । ।
‘कृषि र पर्यटन हाम्रो पहिचान’ भन्ने नाराका साथ नवसिर्जना युवाक्लबको आयोजना, पित्लेक देउराली होमस्टे तथा तमु कालिका आमा समूहको सक्रियतामा दोस्रो रमाईलो मेला सम्पन्न भएको हो ।

मेलाको समापन डिभिजन बन कार्यलय स्याङजाका प्रमुख कोमलराज काफ्लेले गर्नु भएको हो । कला, संस्कृति तथा परम्पराको संरक्षण एवं जगेर्ना गर्ने, कृषि र पर्यटनमार्फत स्वरोजगार सिर्जना गर्नुका साथै पर्यटन पूर्वाधार विकास गर्न, लुकेर रहेका प्रतिभाहरुको प्रोत्साहन र अवसर प्रदान गर्ने, आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको क्लबका अध्यक्ष जीवनकाजी गुरुङले जानकारी दिनुभयो ।
मेला अवधिमा स्थानीयरुपमा उत्पादन भएका कृषिजन्य तथा पशुजन्य उत्पादनहरुको प्रदर्शन, स्थानीय खानाका परिकारहरु, लोपोन्मुख अवस्थामा रहेका संस्कार संस्कृतिहरु झल्किने झाँकी तथा नृत्यहरु, ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहेको प्रचार प्रसार उपसमितिका संयोजक तिलक गुरुङले जानकारी दिनुभयो ।
चार लाख ४५ हजार अनुमानित आम्दानी, तीन लाख १० हजार खर्च गरी झण्डै एकलाख ३५ हजार बचत गर्ने लक्ष्य आयोजकले राखेको छ । आय ब्यय केही दिनमा नै सार्बजनिक गरिने आयोजकले जनाएको छ ।
मेलाको मुख्य आकर्षणको रुपमा रहेको साविकको वडा स्तरिय भलिबल प्रतियोगिताको उपाधी वालिङ युथ क्लवले हात पारेको छ भने नव एकता आदर्श क्लव जर्को दित्तिय र आयोजक ए ले तृत्तिय स्थानप्राप्त गरेका छन । त्यस्तै एकल नृत्य प्रतियोगितामा वालिङ ४ तिनघरेका बिनिसा गुरुङले प्रथम , दित्तिय समीक्षा सारु तल्लो वालिङ तृत्तिय सचिना गुरुङ भएका छन । यस्तै रस्सा कसि प्रतियोगितामा वालिङ युथ क्लव बिजयी भएको छ । घैटो फोर प्रतियोगितामा पित्लेकका दुर्गा बहादुर गुरुङले सफलता प्राप्त गर्नु भएको छ । म्युजिकल चियर प्रतियोगितामा प्रथम स्थान चापाकोट ४ लग्दाका सुबिना गुरुङले र दोस्रो स्थान पाडेथोकका लिल माया गुरुङ प्राप्त गरेका छन । छेलो प्रतियोगिता मा विशाल थापा वालिङ ले प्रथम र दित्तिय स्थानवालिङ ५ जरकोटका जिवन थापाले हात पर्नु भएको ।
क्लवका अध्यक्ष जीवनकाजी गुरुङको अध्यक्षतामा सम्पन्न भएको समापन कार्यक्रम कोषाध्यक्ष पंकज गुरुङको स्वागत तथा सञ्चालन दिपक गुरुङ र तिलक गुरुङले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
एमालेका थापाको संकल्प पत्र : सिद्धार्थ राजमार्ग र आँधीखोला जलाशय पहिलो प्राथमिकतामा
-
उद्यमविकासमा उदाहरणीय काम गरेका कांग्रेस उमेदवार ढकालको १० बुँदे संकल्प सावजनिक
-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
४ दिन अगाडि
प्रकाश डोटेल/स्याङ्जा : मुक्तिनाथ कृषि कम्पनीका संस्थापक अध्यक्ष भरतराज ढकालले कृषिमा मूल्य श्रंखला, कृषि क्षेत्रको संस्थागत विकास र रोजगारी सृजनामा…


