दोस्रो पित्लेक बडादशैं कृषि तथा पर्यटन मेला सम्पन्न ।
राधाकृष्ण डुम्रे/वालिङ :
स्याङ्जाको पर्यटकीय एवं कृषिका क्षेत्रमा प्रसिद्ध पित्लेकमा दोस्रो पित्लेक बडादशैं कृषि तथा पर्यटन मेला सम्पन्न भएको छ । ।
‘कृषि र पर्यटन हाम्रो पहिचान’ भन्ने नाराका साथ नवसिर्जना युवाक्लबको आयोजना, पित्लेक देउराली होमस्टे तथा तमु कालिका आमा समूहको सक्रियतामा दोस्रो रमाईलो मेला सम्पन्न भएको हो ।

मेलाको समापन डिभिजन बन कार्यलय स्याङजाका प्रमुख कोमलराज काफ्लेले गर्नु भएको हो । कला, संस्कृति तथा परम्पराको संरक्षण एवं जगेर्ना गर्ने, कृषि र पर्यटनमार्फत स्वरोजगार सिर्जना गर्नुका साथै पर्यटन पूर्वाधार विकास गर्न, लुकेर रहेका प्रतिभाहरुको प्रोत्साहन र अवसर प्रदान गर्ने, आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको क्लबका अध्यक्ष जीवनकाजी गुरुङले जानकारी दिनुभयो ।
मेला अवधिमा स्थानीयरुपमा उत्पादन भएका कृषिजन्य तथा पशुजन्य उत्पादनहरुको प्रदर्शन, स्थानीय खानाका परिकारहरु, लोपोन्मुख अवस्थामा रहेका संस्कार संस्कृतिहरु झल्किने झाँकी तथा नृत्यहरु, ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहेको प्रचार प्रसार उपसमितिका संयोजक तिलक गुरुङले जानकारी दिनुभयो ।
चार लाख ४५ हजार अनुमानित आम्दानी, तीन लाख १० हजार खर्च गरी झण्डै एकलाख ३५ हजार बचत गर्ने लक्ष्य आयोजकले राखेको छ । आय ब्यय केही दिनमा नै सार्बजनिक गरिने आयोजकले जनाएको छ ।
मेलाको मुख्य आकर्षणको रुपमा रहेको साविकको वडा स्तरिय भलिबल प्रतियोगिताको उपाधी वालिङ युथ क्लवले हात पारेको छ भने नव एकता आदर्श क्लव जर्को दित्तिय र आयोजक ए ले तृत्तिय स्थानप्राप्त गरेका छन । त्यस्तै एकल नृत्य प्रतियोगितामा वालिङ ४ तिनघरेका बिनिसा गुरुङले प्रथम , दित्तिय समीक्षा सारु तल्लो वालिङ तृत्तिय सचिना गुरुङ भएका छन । यस्तै रस्सा कसि प्रतियोगितामा वालिङ युथ क्लव बिजयी भएको छ । घैटो फोर प्रतियोगितामा पित्लेकका दुर्गा बहादुर गुरुङले सफलता प्राप्त गर्नु भएको छ । म्युजिकल चियर प्रतियोगितामा प्रथम स्थान चापाकोट ४ लग्दाका सुबिना गुरुङले र दोस्रो स्थान पाडेथोकका लिल माया गुरुङ प्राप्त गरेका छन । छेलो प्रतियोगिता मा विशाल थापा वालिङ ले प्रथम र दित्तिय स्थानवालिङ ५ जरकोटका जिवन थापाले हात पर्नु भएको ।
क्लवका अध्यक्ष जीवनकाजी गुरुङको अध्यक्षतामा सम्पन्न भएको समापन कार्यक्रम कोषाध्यक्ष पंकज गुरुङको स्वागत तथा सञ्चालन दिपक गुरुङ र तिलक गुरुङले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


