एनआरएनए चुनाव : २३४४ मत खस्यो
काठमाडौँ — गैर आवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वका लागि बिहीबार भएको मतदान साँझ सकिएको छ ।
कुल २५७० मतदाता मध्य २३४४ मत खसेको निर्वाचन समितिका सदस्य कुलप्रसाद पाण्डेले जानकारी दिए। उनका अनुसार युरोपबाट ९२०, अमेरिकाबाट २७१, अष्ट्रेलिया, र न्युजिल्याण्डबाट २१५, एसियाबाट ४६२, मध्यपूर्वबाट ४६० र अफ्रिकाबाट १६ मत खसेको छ।
बिहीबार बिहान साढे १० बजेबाट मतदान सुरु भएको थियो। बुधबार राति ८ बजे विद्युतीय भोटिङ मेसिनबाट मतदान भएपनि मतदान गर्नसाथ मेसिन बिग्रदा मतपत्रको आधारमा मतदान गरिएको थियो।
राति नै मत गणना सुरु गरिने र शुक्रबार बिहानसम्म नतिजा आइसक्ने पनि सदस्य पाण्डेले जानकारी दिए।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …