नेबि संघको आयोजनामा स्टेज उद्घोषण,नेतृत्व बिकास र सकरात्मक सोच सम्वन्धी तालिम सम्पन्न ।

टिकाराम अधिकारी/गल्याङ :
स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ४ कुरुङ्चे स्थित कालीका माध्यमिक विद्यालय नेपाल विद्यार्थी संघ इकाई समितिको आयोजनामा ५ दिने स्टेज उद्घोषण नेतृत्व विकास,सकरात्मक सोच तथा उत्प्रेरणा तालिम सम्पन्न भएको छ ।


तालिमको समापन गर्दै नेपाली काँग्रेस गल्याङ नगर कार्य समितिका सभापति एवम् नेपाली काँग्रेस महासमिति सदस्य श्याम प्रसाद वस्यालले नेविसंघलाई सहि रुपमा मल जल गरेर संरक्षण गर्न सकेको खण्डमा नेपाली काँग्रेसको सगठन बलियो हुने स्पष्ट पार्नु भयो ।
उहाँले विद्यार्थीले देशमा भएका विकृती विसङ्गतीको अन्त्य गर्दै समाज र देशलाई सहि मार्गमा हिडाउन खबरदारी गर्नु पर्ने बताउनु भयो ।


कार्यक्रममा नेविसंघका पूर्व केन्द्रीय महाधिवेशन प्रतिनिधि गुरु प्रसाद भट्टराई, नेपाली काँग्रेस प्रदेश २ ख का सचिव महेश भट्टराई, प्रमुख प्रशिक्षक टिकाराम अधिकारी, नेपाल महिला संघ साविक क्षेत्र नं ३ का सचिव हेमा न्यौपाने,नेपाल तरुण दल गल्याङ संयोजक कृष्ण प्रसाद भट्टराई,नेपाली काँग्रेसका नेता ढाकाराम न्यौपाने, नेपाल तरुण दल स्याङ्जाका सदस्य महेन्द्र पाठक,चापाकोट बहुमुखी क्याम्पसका स्ववीयु सभापति सविन चन्द्र डोटेल, सहभागीहरुको तर्फबाट अनुभव मन्तव्य प्रतिमा न्यौपाने, दिक्षा न्यौपाने, तेज प्रसाद न्यौपाने लगायतले शुभकामना मन्तव्य दिनु भएके थियो ।
५ दिन सम्म सञ्चालन भएको तालिममा एक सय जनाको सहभागिता रहेको तालिमको प्रमुख प्रशिक्षक टिकाराम अधिकारी, खगेन्द्र भण्डारी, प्रेम नारायण रेग्मी, प्रदिप पाण्डेय,रेश्मीराज न्यौपाने, छविलाल भुषाल,साधना न्यौपाने लगायतले सहजिकरण गर्नु भएको कार्यक्रमको स्वागत मन्तव्य कविता न्यौपानेले र कार्यक्रमको सञ्चालन विद्यार्थीद्वय लक्ष्मी न्यौपाने र सन्देश न्यौपानेले गर्नु भएको थियो ।

Facebook Comments Box
लक्ष्मी माविमा शतप्रतिशत उत्तीर्ण गराउने शिक्षकहरू सम्मानित।
२ हप्ता अगाडि

वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–१३, बोदीभञ्ज्याङस्थित लक्ष्मी माध्यमिक विद्यालयले सतप्रतिशत उत्र्तिण गराउने शिक्षकहरुलाई सम्मानित गरेको छ । ६२ औं वार्षिकोत्सव,…

TOP