वालिङको १२ वटा वडामा सकियो नेकपाको सपथ ।

आँधीखोला खबर/स्याङजा :
साबिक नेकपा एमाले र माओवादीको एकिकरण भएको २ बर्ष पछि वडा स्तरमा पार्टी संगठन बलियो बनाउन नेपाल कम्युनिष्ट पाटी (नेकपा)ले कमिटी गठनलाई तिब्र बनाउन थालेको छ ।
यसैबिच वालिङ नगरपालिका भित्रका १२ बटा वडामा नगर कमिटीले वडा कमिटी गठन गर्दै सपथ ग्रहण को प्रकृया सम्पन्न गरेको जनाएको छ ।
शनिबार वडा नं ३ सिंगारकोटमा वडा कमिटि गठन गरिएको ने क पा वालिङ नगर अध्यक्ष राजेन्द्र डुम्रेले बताउनु भयो ।
सरकारले गरेको काम जनतामाझ जान नसक्दा जनतामा नैराश्यता छाएको बताउँदै उहाँले भन्नुभयो , अब वडा कमिटीले गाउँ गाउँमा कम्युनिष्ट सरकारले गरेको उल्लेख्य कार्यको प्रचार गर्न वडा कमिटी सशक्त बन्नुपर्छ ।
कम्युनिष्ट सरकार आएपछी नेपाल आत्मनिर्भर बनेको र अर्थतन्त्र मजबुत बनेको डुम्रेको दाबी छ । नेकपा जिल्ला सदस्य दिलीप कुमार बगालेले ठुला दुई शक्तिको पार्टीको एकीकरण पश्चात वडा कमिटि रिक्त हुँदा सरकार बिरोध गर्ने शक्तिले ठाउँ पाएको बताउनु भयो ।
वडा सचिव भिम बहादुर गुरुङले संञ्चालन गरेको सपथ ग्रहण कार्यक्रममा सदस्य नर बहादुर गुरुङले स्वागत गर्नु भएको थियो । वडा अध्यक्ष थमन बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा झौ बहादुर गुरुङ, गुप्त बहादुर गुरुङ लगायतले बोलेका थिए ।
वडा कमिटी सदस्य गुप्त बहादुर गुरुङले लामो समय रिक्त रहेको नगर एबं वडा कमिटी सशक्त हुन आबश्यक रहेको बताउनु भयो । सरकारले अगाडि सारेका जनता लक्षित कार्यक्रम गाउँ गाउँमा उपभोग गराउन आबश्यक रहेको गुरुङले स्पष्ट पार्नु भयो ।

Facebook Comments Box
TOP