नेपालको विकास र समृद्धिमा अब सबै केन्द्रित हुनुपर्छ : मन्त्री अर्याल ।
राधाकृष्ण डुम्रे/स्याङ्जा :
नेपाल सरकारका भुमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री पद्मा कुमारी अर्यालले नेपाल र नेपालीको ध्यान अव विकास र समृद्धिमा केन्द्रित हुनुपर्ने बताउनु भएको छ । विजया दशमी तथा दिपावलीको अवसरमा स्याङ्जामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अर्यालले भन्नुभयो, “विकासको सवालमा सत्तापक्ष र प्रतिपक्ष एकआपसमा मिल्नुको बिकल्प छैन ।”

मुलुकमा राजनितिक लडाँई सकिएको भन्दै मन्त्री अर्यालले दीर्घकालिन विकासमा लाग्न ढिला गर्न नहुने बताउनु भयो । उहाँले भन्नुभयो,“अवको विकास वर्षौका लागि हुन पर्दछ ।” अर्यालले विकासका लागि जनताको संलग्नता हुनुपर्ने बताउदै भन्नुभयोे, “जवसम्म जनस्तरबाट विकासका लागि सहकार्यको भावना विकास हुँदैन तवसम्म बिकास जहाँको तही रहन्छ ”
स्याङ्जा क्षेत्र नम्वर २ बाट निर्वाचित सांसद समेत रहनुभएकी मन्त्री अर्यालले आँधीखोला हाईड्याम्पको डिपिआर तयार भईरहेको जानकारी दिनुभयो त्यस्तै सिद्धार्थ राजमार्ग फराकिलो पार्नुका साथै जिल्लाका सडक पिच गर्ने कार्य पनि आफ्नै पालामा शुरु गर्ने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य मिनकुमार विश्वकर्मा, गण्डकी प्रदेश सदस्य मिनप्रसाद गुरुङ, जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख सिता सुन्दास, नेकपा जिल्ला अध्यक्ष पारस गैह्रे, नेपाली कागे्रसका कार्यबहाक सभापति बुद्धी बहादुर राना कुमार, सहकारी बोर्डका सदस्य सचिव चक्रबहादुर पराजुली, पुतलीबजार नगरप्रमुख सिमाकुमारी क्षेत्री, आँधीखोला गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेल, अर्जुनचौपारी गाउँपालिका अध्यक्ष दीर्घनारायण अर्याल, प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन मन्त्रीका स्वकिय सचिव बुद्ध घर्तीले गर्नुभएको थियो ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


