अन्तत : कृष्ण बहादुर महरा परे पक्राउ ।

काठमाडौं । संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दूराचारको आरोप लागेका तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेसँगै उनलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई साँझ ६ वजेर १४ मिनेटमा सभामुख निवासबाट पक्राउ गरि लगिएको हो। उनलाई एक रातो कारमा लगिएको हो।

पक्राउ परेका महराको प्रहरीले अनुसन्धान प्रक्रिया आइतवारबाटै थाल्ने भएको छ। पक्राउ परेसँगै उनको संसद पद पनि निलम्वनमा परेको छ। यसअघी उनले सभामुख पदबाट दिएको राजिनामा स्विकृत भइसकेको छ।
नेपालको इतिहासमा वहालवाला उच्चपदस्थ व्यक्ती गैरराजनीतिक कारणबाट पक्राउ परेको यो पहिलो घटना हो। सरकारी निवासबाटै उच्चपदस्थ व्यक्ति गैरराजनीतिक कारणमा पक्राउ परेको पनि यो पहिलो घटना हो । महरालाई पक्राउ गरि किटानी जाहेरी दिइएको वानेश्वर प्रहरी प्रभाग लैजाने तयारी भएको थियो। तर पछि उनलाई सिंहदरवार प्रहरी वृतमा राखिने गरि लगिएको छ। महरा हिरासतमा आफ्नै गाडीमा जान जिद्दी गरेका कारण उनलाई नियन्त्रणमा लिएर पनि वाहिर निकाल्न ढीला भएको हो।
देशभर दशैंको माहौलमा आफन्तहरु भेटघाटमा रहेका बेला महरा भने दशैंका बेला हिरासतमा दशैं मनाउन वाध्य भएका छन्।
काठमाडौं जिल्ला अदालतले आइतबार महराविरुद्ध पक्राउ पुर्जी जारी गरेसँगै उनलाई प्रहरीले पक्राउ गरेको हो। अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।
पीडित महिलाले महराविरुद्ध नयाँ बानेश्वर प्रहरी वृत्तमा शनिबार जबरजस्ती करणी उद्योगमा उजुरी दिएपछि प्रहरीले महरालाई पक्राउको तयारी गरेको थियो।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…