कम्युनिष्ट सरकार भ्रष्टाचारमा चुर्लुम्मै डुब्यो : पूर्ब उपप्रधानमन्त्री श्रेष्ठ ।

कला राना/वालिङ :
नेपाली कागे्रसका पुर्व उपसभापति गोपालमान श्रेष्ठले दुई तिहाईको कम्युनिष्ट सरकार भ्रष्टाचारमा चुलुम्मै डुबेको आरोप लगाउनुभएको छ ।

स्याङ्जाको वालिङमा नेपाल राष्ट्रिय मगर संघ स्याङ्जाको दोस्रो अधिवेसनको उद्दघाटन गर्दै पुर्व उपप्रधानमन्त्री समेत रहनुभएको श्रेष्ठले कम्युनिष्ट सरकारले भ्रष्टाचार, बेथितिलाई प्रोत्साहन गर्दै अगाडि बढेको बताउनुभएको हो । नेता श्रेष्ठले भन्नुभयो, “भ्रष्टाचार र अन्यायलाई प्रोत्साहन गर्दै गए सरकारले दिन गन्ती शुरु गरे हुन्छ ।” दुई तिहाईको सरकार गठन भएको २ वर्ष विते पनि अपेक्षाकृत काम गर्न नसकेको भन्दै जनता सचेत भईसकेको दावी गर्नुभयो । साथै उहाँले फरक प्रसंगमा नेपालमा मगर समुदायका बाहुल्यता रहेतापति उच्च तहमा मगर समुदायको संलग्नता कम हुनु दुखद रहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।


कार्यक्रममा नेपाल राष्ट्रिय मगर संघका केन्द्रिय अध्यक्ष अनिल थापामगर, कागे्रस जिल्ला कार्यबहाक सभापति कुमार राना, नेपाल राष्ट्रिय मगर संघका गण्डकी प्रदेश अध्यक्ष पदम पुन, पुर्व सांसद खगेन्द्रराज रेग्मी, संविधान सभा सदस्यद्धय मोहनप्रसाद पाण्डे र राजु थापा, कागे्रसका गण्डकी प्रदेश संसदीय दलका उपनेता मेखलाल श्रेष्ठ, भीरकोट नगरप्रमुख छायाराम खनाल, नेपाल राष्ट्रिय मगर संघका केन्द्रिय सदस्य शेरबहादुर थापा, महाधिवेसन प्रतिनिधि माया राना, मुस्लिम संघका गण्डकी प्रदेश अध्यक्ष शाह मोहमद लगायतले मगर समुदायका हकहितका लागी पार्टी प्रतिवद्ध रहेको बताउनुभयो ।
नेपाल राष्ट्रिय मगर संघका अध्यक्ष हर्कबहादुर सारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत चन्द्र राना, सञ्चलन जिवि राना र धन्यवाद ईन्द्रबहादुर रानाले गर्नुभएको थियो ।

Facebook Comments Box
TOP