कालीगण्डकी ड्राईभर्सन रोक्न प्रदेशसभा अवरुद्ध पार्ने सांसद मल्लको चेतावनी

रामचन्द्र भट्टराई / चापाकोट :
गण्डकी प्रदेश सांसद भागवत प्रकाश मल्लले गण्डकी प्रदेश सरकारले कालीगण्डकी नदीको ड्राईभर्सन रोक्नका लागि सहयोग नगरे आफुहरुले प्रदेश सदन अवरुद्ध पार्ने चेतावनी दिनुभएको छ ।
स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्वर २ मा रहेको.बालहित आधारभुत विद्यालयको नव निर्मित २ कोठे पक्की भवनको उद्घाटन गर्दै सांसद मल्ले कालीगण्डकी नदी यस क्षेत्रका जनताको अस्तित्वसँग जोडिएको भन्दै ड्राईभर्सनबाट गण्डकी बेसी क्षेत्रको पर्यावरणमा ठूलो असर पर्ने स्पष्ट पार्नु भयो ।
प्रदेश सरकारलाई विकास निर्माणका कार्यमा केन्द्रीत बनाउन आफूहरु लागि परेको भन्दै मल्ले भन्नुभयो, “कांग्रेसको ध्यान बिकास निमार्णमा रहेको छ ।” सो अवसरमा सांसद मल्ले बालहित आधारभुत विद्यालयको शैक्षिक गुणस्तरका अभिवृद्धिका लागि आर्थिक सहयोग स्वरुप आफ्नो पारिश्रमिकबाट रु ७१ हजार समेत प्रदान गर्नुभयो ।


कार्यक्रममा नेपाली काँग्रेसका स्याङ्जा क्षेत्र नं २ का सभापति ईश्वर खाँणले गुणस्तरिय शिक्षाको बिना देशमा प्रगती हुन नसक्ने स्पष्ट पार्नुभयो । कार्यक्रममा जिल्ला सदस्य बुद्धि सागर भण्डारी, क्षेत्र नं २ (ख) का सभापति हरिबाबु पोख्रेल, शिक्षा शाखा चापाकोटका श्रोत व्यक्ति मुकुन्द प्रसाद डोटेल, चापाकोट वडा नं २ अध्यक्ष सुर्य बहादुर सेन, ५ का ईन्द्र बहादुर शाही, ९ का शंकर भक्त भण्डारी, शिक्षा समिति सदस्य सरस्वती भट्टराई, ने कपा नगर अध्यक्ष सीताराम गैरे, काँग्रेस नगर प्रतिनिधि टुकराज पाठक, गंगालाल मा वि का प्रधानाध्यापक खेमराज भट्टराई, भानु मा विका प्रधानाध्यापक गीतानाथ खनाल, समाजसेवी हिरण्यलाल आचार्य लगायतले बोलेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पिताम्वर रानाको सभापत्विमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गायत्री आचार्यले स्वागत र पत्रकार सिता परियारले संचालन गर्नु भएको थियो ।
तत्कालीन जिल्ला शिक्षा कार्यालय स्याङ्जाको १२ लाख ५० हजार अनुदान र बाँकी जन श्रमदान गरि कुल १९ लाखको लागतमा विद्यालय भवन निर्माण भएको विद्यालयले जनाएको छ ।
कक्षा नर्सरी देखि ५ सम्म अध्ययन हुने यस विद्यालयमा नयाँ भवन निर्माणबाट कक्षा कोठा अभावको समस्या समाधान भएको बताईएको छ ।

Facebook Comments Box
TOP