दशै बहिस्कार गर्नेहरु प्रति धनराज गुरुङ कडा : बरु गोली खान तयार छु तर मनाउन छाड्दिन ।
आँधीखोला खबर :
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता धनराज गुरुङले नेपालीहरुको महान पर्ब बडा दशै बहिस्कारको अभियान चलाउनेहरु प्रति कडा प्रहार गर्नु भएको छ ।
उहाँले दशैं जस्तो मान्यजनबाट टीका लगाएर आशिर्बाद लिने पर्व मनाउन छाड्न नहुने उहाको तर्क छ । उहँले भन्नुभयो, “बरु गोली खान तयार छु तर दशैं मनाउन छाड्दिन । ” कुने बेला एक नेताले दशै नमनाउन भन्दै हिडेको तर पछि उनैले तत्कालिन राजा ज्ञानेन्द्रसँग टीका थापेको स्मरण गर्दै दशैं जस्तो पर्व बहिस्कारको अभियान चलाउनु गलत भएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभएको छ, “दशैं बहिस्कार कार्यक्रम पनि गरेछन् । दशैंपर्वमा मान्यजनबाट टीका लगाएर आशिर्वाद थाप्ने । यती राम्रो संस्कार कहाँ पाईन्छ ? दशैं बहिस्कारवादीहरुको गोली खान तयार छु तर दशैं मनाउन छाड्दिन । एकजना नेताले सेतामुगरालीले दशैं मनाउन हुँदैन भन्दै हिंडे तर ज्ञानेन्द्रबाट आफैले टीका लगाएका थिए ।”

समाचार
थप सामाग्री-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।…


