नेपाल भ्रमण सकेर राष्ट्रपति सी स्वदेश फिर्ता

काठमाण्डौ – नेपालकाे दुईदिने राजकीय भ्रमणमा आउनुभएका चिनियाँ राष्ट्रपति सी जिनपिङ स्वदेश फिर्ता हुनुभएको छ । 

दुईदिने भ्रमण सकेर उहाँ आइतबार दिउँसाे त्रिभुवन अन्तर्राट्रिय विमानस्थलबाट स्वदेश फिर्ता हुनुभएको हो । उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमै पुगेर बिदाई गर्नु भयाे । बिदाइका क्रममा नेपाली सेनाले सम्मान अर्पण गरेकाे थियाे । 

साेल्टी हाेटेलबाट विमानस्थल फर्कने क्रममा राष्ट्रपति सीलाई बिदाइ गर्न सडकमा सरकारी कर्मचारी, सर्वसाधरणकाे उल्लेख्य सहभागिता थियाे । 

राष्ट्रपति सी स्वदेश फर्कुनअघि आईबार दुई देशबीच उच्चस्तरीय वार्ताका साथै विभिन्न २० वटा समझदारी पत्र आदानप्रदान गरिएकाे थियाे । 

राष्ट्रपति सीले दुई दिने बसाईका क्रममा समकक्षी विद्यादेवी भण्डारीका साथै प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा तथा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग भेट गर्नु भएकाे थियाे । यस्तै राष्ट्रपति सीसँग नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्यहरुले समेत सामूिहक भेट गरेका थिए ।  

शनिबार राति आयाेजित रात्रीभाेजमा भूपरिबेष्ठित देशबाट भूजडित देश हुने घोषणा राष्ट्रपति सीले चीन बढीभन्दा बढी व्यापारिक नाका खोल्न तयार रहेकाे बताउनुभएकाे थियाे । रात्रीभाेजकै क्रममा नेपाली नागरिककाे जीवनस्तर उकास्न’ चीनले ५६ अर्ब रुपैयाँ सहयाेगस्वरुप उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभएकाे थियाे ।

Facebook Comments Box
TOP