वालिङ : डेङ्गु रोकथामका विषयमा शिक्षकहरुसँग अन्तरक्रिया ।
तोलाकान्त बगाले/ वालिङ : लामखुट्टेको टोकाईबाट सर्ने डेङ्गु रोगको नियन्त्रणका लागि वालिङ नगरपालिकामा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
वालिङ नगर प्रमुख दिलिपप्रताप खाँण र नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुबीच अन्तरक्रिया गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले स्याङ्जामा पनि डेङ्गुका बिरामी भेटिएको अवस्थामा वालिङमा पनि हुन सक्ने भएकाले समयमै सचेत रहन नगरबासीमा आग्रह गर्नु भयो ।
उहाँले विद्यालय तथा विद्यार्थीमार्फत सचेतना सम्बन्धी सूचनाहरु घर घरमा छिटो पुग्ने भएकाले पनि शिक्षकहरुले प्रत्येक कक्षा कोठामा रोकथाम र नियन्त्रणका विषयमा विद्यार्थीहरुलाई जानकारी दिनुहुन पनि आग्रह गर्नु भयो ।
अन्तरक्रिया कार्यक्रममा वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख मणिप्रसाद पंगेनीले डेङ्गु रोगका लक्षण, रोग लाग्ने तरिका र बच्ने उपायहरुकाबारेमा सहजीकरण गर्नु भएको थियो ।
यसैबीच “हामी सबैको प्रण सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण” भन्ने नाराका साथ आगामी आईतबार वालिङमा मनाउन लागिएको ४० औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस २०७६ लाई सभ्य र भब्यताका साथ मनाउने तयारीका लागि एक कार्यक्रम गरिएको छ ।
वालिङ नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्नका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न पनि आग्रह गर्नु भयो ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाले शिक्षा दिवस तथा साक्षरता दिवसलाई सभ्य र भब्यरुपमा मनाउनका लागि आवश्यक तयारी गर्न प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिहरुलाई निर्देशन दिनुभयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


