वालिङ बजार अनुगमन : मूल्य सूचि कतै भेटिएन ।
तोलाकान्त बगाले/वालिङ :
स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले शुक्रबार बजार अनुगमन गरेको छ । दशैं तिहारजस्ता चाडपर्व नजिकिंदै गरेकाले दैनिक उपभोग्य बस्तुहरुको खरिद गर्ने उपभोक्ताहरु ठगिन नपाउन भन्ने उद्धेश्यले वालिङ नगपालिकाको अगुवाईमा ईलाका प्रशासन कार्यालय वालिङ, वालिङ उद्योग वाणिज्य संघ, वडा प्रहरी कार्यालय वालिङ र पत्रकारहरुको टोलीले अनुगमन गरेको नगरपालिकाले जनाएको छ ।

अनुगमनका क्रममा मूल्य सूचि नराखिएको, मिति गुज्रिएका सामानहरु बिक्री कक्षमा राखिएको, एउटै पसलमा धेरै प्रकारका सामनहरु बेचविखन गरेको भेटिएको थियो । अनुगमन समिति संयोजक कल्पना तिवारीका अनुसार अनुगमनमा मिति गुज्रिएको जङ्कफुडहरु जफत गरिएको थियो ।
उपप्रमुख तथा अनुगमन समिति संयोजक तिवारीले भन्नुभयो, “हामीले बजार अनुगमनलाई निरन्तरता दिनेछौं, उपभोक्ताहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै पसलहरु चुस्तदुरुस्त राख्न व्यापारीहरुलाई सचेत गराईएको छ ।”

अनुगमनका क्रममा पसलहरुमा राखिएका बस्तुहरुको म्याद, मिसावट, मूल्य सूचि, पसल दर्ता भए नभएको अबस्थामा बारेमा अनुगमन गरी म्याद गएका खाद्यबस्तुहरु जफत गरिएको वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीले बताउनुभयो ।
चाडबर्पका समयमा हुन सक्ने कालोबजारी र मिसावटलाई रोक्न नगरपालिकाको अगुवाईमा बजार अनुगमन गरी म्याद नाघेका खाद्य बस्तुहरु जफत गरिनुकासाथै अन्य आवश्यक कागजातहरु पूरा गर्न ब्यापारीहरुलाई सुझाव दिईएको प्रमुख प्रशासकीय अधिकृत सुबेदीले बताउनुभयो ।

वालिङ मोड हुँदै भकुण्डे, भुम्रे चोक, तल्लो वालिङ, बगालेटोल र भिआईपी टोलका किराना पसलहरु अनुगमन गरिएको थियो । अधिकांश, विस्कुट, कुकिज, ल्याक्टोजिन, कुरकुरे, लेज, दालमोठ, केक, चक्लेटलगायतका जंकफुडहरु म्याद गुज्रिएका समेत बिक्री गरिरहेकाले त्यस्ता सामानहरु जफत गरिएको हो । २ दिनसम्म यहाँका पसलहरु अनुगमनपश्चात म्याद गुज्रिएका सामनहरु आईतबार नष्ट गरिनेछ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


