शुुशासनका क्रियाकलाप वालिङबाट अरुले पनि अनुशरण गर्न जरुरी : अस्ट्रेलियन राजदुत वड (भिडियो सहित)
राधाकृष्ण डुम्रे/स्याङ्जा :
नेपालका लागि अस्ट्रेलियाका राजदुत पिटर वडले शुुशासनका क्षेत्रमा वालिङ नगरपालिकाले गरेको क्रियाकलाप अरु नगरपालिकाले पनि अनुशरण गर्न जरुरी रहेको बताउनु भएको छ । उहाँले भन्नुभयो, “वालिङले नीतिगत तहमा नै गरेको शुशासनका क्रियाकलाप सवैका लागि निक्कै महत्वपूर्ण छ ।”

अन्तर नगरपालिका स्तरीय उत्तम अभ्यास तथा सिकाई आदान प्रदान कार्यक्रम अन्तर्गत दोस्रो दिन वालिङ नगरपालिका परिसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै राजदुत बडले भन्नुभयो, “वालिङले नयाँ अवसर र चुनौतीको सही सदुपयोग गर्न शुरु गरेको मैले पाएँ ।”
राजदुत वडले वालिङको सांस्कृतिक बिबिधताले नै नेपालको समग्र बिबिधतालाई जनाउने भन्दै राजदुतहरु काठमाण्डौ बाहिर घुम्न जरुरी रहेको भनाई राख्नुभयो । उहाँले भन्नुभया,े “काठमाण्डौं बाहिर आउदा निक्कै आनन्दको महशुस भईरहेको छ । ”
कार्यक्रममा बोल्दै राजदुत वडले स्मार्ट बन्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकासँग सहकार्य गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताउनु भयो ।
कार्यक्रम वालिङ नगरपालिका नगर प्रमुख दिलिप प्रताप खाँण, उप प्रमुख कल्पना तिवारी, वालिङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदी लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा सात वटै प्रदेशका एक÷एक नगरपालिकाका प्रमुख/उपप्रमुख सहितको टोलि सहभागी भएको थियो ।

एक दिन पोखरा र एक दिन वालिङ चलेको कार्यक्रममा गण्डकी प्रदेशको वालिङ नगरपालिका सहित प्रदेश नम्वर १ बाट झापाको दमक नगरपालिका,प्रदेश २ बाट बाराको कलैया उप महानगरपालिका, प्रदेश ३ बाट दोलखाको भिमेश्वर नगरपालिका, प्रदेश ५ बाट पाल्पाको तानसेन नगरपालिका, कर्णाली प्रदेशबाट सुर्खेतको विरेन्द्रनगर नगरपालिका र सुदुरपश्चिम प्रदेशबाट कैलालीको टिकापुर नगरपालिका सहभागी भएको थिए । दुवै दिनको कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले सहजीकरण गर्नु भएको थियो ।

राजदुत पिटर वड,विभिन्न नगरपालिकाका प्रमुख÷उपप्रमुख तथा वालिङ नगरपालिकाका जनप्रतिनिधीहरु बीच अन्तरक्रिया समेत गरिएको थियो ।
मंगलबार नै राजदुत वडले वालिङको फोहरमैला व्यवस्थापन, बिभिन्न पर्यटकिय क्षेत्र, बिकास निमार्णको समेत भ्रमण गर्नु भएको थियो । उहाँले वालिङको निमार्णधिन कृषि उपज तथा वस्तु संकलन केन्द्र, त्रियासीको त्रियासी कृषि उपज संकलन केन्द्र तथा रोपवेको समेत निरिक्षण गर्नु भएको थियो ।
हेर्नुहोस् भिडियो :
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


